• होमपेज
  • समाचार
  • गोकुल बाँस्कोटा काण्डमा बोले प्रधानमन्त्री

गोकुल बाँस्कोटा काण्डमा बोले प्रधानमन्त्री

  • बिहिबार, फाल्गुन ८, २०७६
गोकुल बाँस्कोटा काण्डमा बोले प्रधानमन्त्री
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्‍याएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्‍याए ।
उनले आफूलाई पद धराप पर्ने धम्कीसमेत आएकाे भन्दै तर आफू त्यसबाट विचलित नहुने बताए । करिब ४५ मिनेटको भाषणपछि उनले भने, ‘यी सबै कुराहरु विमोचित पुस्तकमा लेखिएका छन् ।’ राताेपाटीबाट शाभार

चर्चामा

सम्बन्धित समाचार