• होमपेज
  • समाज
  • बाजुराका पत्रकार सिंहलाई इञ्जा पुरस्कार

बाजुराका पत्रकार सिंहलाई इञ्जा पुरस्कार

  • शनिबार, फाल्गुन ३, २०७६
बाजुराका पत्रकार सिंहलाई इञ्जा पुरस्कार

लक्ष्मीराज पाध्याय / बाजुरा ३ फागुन– नेपाल पत्रकार महासघं बाजुरा अध्यक्ष तथा बडिमालिका खवरका प्रकाशक सम्पादक प्रकास सिहंले नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । सिंहको ‘कुपोषित बाजुरा’ शीर्षक आलेखमा बाजुरामा कुपोषणको कहाली लाग्दो चित्र प्रस्तुत गरिएको भन्दै पुरस्कृत भएका हुन । जसले नेपालका धेरै जिल्लाहरुको अवस्थाको प्रतिनिधित्व गर्दछ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार पत्रकार प्रकाश सिंहले प्राप्त गरेका छन् । त्यसै गरि अछामकी पत्रकार मेनुका ढुंगाना पनी म छाउपडि रिर्पोटर भन्ने समाचार भन्ने सिर्षकमा कान्तिपुर दैनिकमा प्रकाशित पछि सम्मानीत भएकी छन् । एक हजार अमेरिकी डलर राशिको पुरस्कार सिंहको हिमाल खबरपत्रिकामा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षक आलेखले प्राप्त गरेको ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ भन्ने शिर्षकमा पुरस्कृत इन्जाले जनाएको छ । सन् २०१९ भरीमा प्रकाशित ३ सय ५१ वटा समाचार तथा फिचर प्रतिस्पार्धा सामेल थिए । वरिष्ठ पत्रकार तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटाको छनौट समितिले निर्धारण गरेको मापदण्ड अनुरुप दुवै आलेखले बराबर नम्बर प्राप्त गरेकाले संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो । सिंहको ‘कुपोषित बाजुरा’ शीर्षक आलेखमा बाजुरामा कुपोषणको कहाली लाग्दो चित्र प्रस्तुत गरिएको छ। ढुंगानाको ‘म छाउपडी रिपोर्टर’ आलेखमा छाउपडी कुप्रथाले निम्त्याएको सामाजिक संकट र सोसम्बन्धी समाचार संकलनका क्रममा उत्पन्न चुनौतीहरुको चित्रण गरिएको छ। छाउपडीविरुद्धमा सक्रिय रुपमा कलम चलाउँदै आएकी ढुंगानासंग आफैं पनि छाउपडीमा बसेको तीतो अनुभव छ। जसले नेपालका धेरै जिल्लाहरुको अवस्थाको प्रतिनिधित्व गर्दछ । यो पत्रकारीता पुरस्कार उपत्यकाबाहिर पहलिो पटक रिर्पोटरले पाएको पुरस्कार रहेको जनाएको छ ।

Image may contain: Menuka Dhungana, closeup

यसैगरी एक हजार डलर राशिको इञ्जा श्रष्टा सम्मान पत्रकार, वरिष्ठ साहित्यकार ८५ वर्षीय प्राध्यापक चुडामणी रेग्मी ‘चुमरे’लाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली झर्रोवादी आन्दोलनका अगुवा रेग्मीलाई धेरैले ‘पूर्वको मोतीराम’ भनेर सम्मान गर्ने गर्छन्। झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका रेग्मीले यथार्थ कुरा पाक्षिकको सम्पादन गर्नुका साथै साहित्यिक त्रैमासिक जुही प्रकाशन समेत गरेका थिए। जीवनको अधिकांश समय साहित्यिक गतिविधिमा बिताएका छन्। झापाबाट चर्चित भएका धेरै साहित्यकारहरुलाई प्रोत्साहित गर्न जुहीले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको थियो। इञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, साहित्यकार अम्बिका गुरुङ र अनेशास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई सम्मानित गर्ने निर्णय गरेको हो। पुरस्कार तथा सम्मान आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार