• होमपेज
  • देश
  • सूचना माग्‍ने पत्रकार मेयरकाे कार्यकक्षमै कुटिए !

सूचना माग्‍ने पत्रकार मेयरकाे कार्यकक्षमै कुटिए !

  • मङ्लबार, पुस २२, २०७६
सूचना माग्‍ने पत्रकार मेयरकाे कार्यकक्षमै कुटिए !

जनकपुरधाम उप-महानगरपालिकाका समाचार संकलनको क्रममा कार्यालयमा पुगेका पत्रकारको टोलीलाई आक्रमण भएको हो। प्रमुख लालकिशोर साहको कार्यकक्षमै पत्रकार कुटिएका छन्।

मेयरको कार्यकक्षमा उनकै निर्देशनमा नगर प्रहरी, कर्मचारी, कार्यकर्ताको प्रत्यक्ष निर्देशनमा पत्रकारमाथि आक्रमण र कुटपिट गरेको नेपाल पत्रकार महासंघका महासचिव किरणकुमार कर्णले बताए। ‘हामी आक्रोशपूर्ण वातावरणलाई साम्य पार्न गएका थियौं’, उनले भने, ‘तर उनका कार्यकर्ताले हामीमाथि संघातिक आक्रमण गरे।’

संघातिक आक्रमणबाट एपीवान टेलिभिजनका ब्यूरो प्रमुख विकासकुमार साह, सञ्जय यादव, कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता अमरकान्त ठाकुर, उज्यालो नाइन्टी नेटवर्कका संवाददाता सुभाष कर्ण, देशसंचार डटकमका संवाददाता राजा झा, एबीसी टेलिभिजनका संवाददाता सुमित मिश्र घाइते भएका छन्। घाइते सबैलाई प्रादेशिक अस्पतालमा उपचारपछि घर पठाइएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए।

‘पत्रकारलाई तीन घण्टा कुराएर प्रतिक्रिया लिने क्रममा मिडिया आतंक मच्चाएको भन्दै कुटपिट गर्नु अत्यन्त लज्जास्पद र आपत्तिजनक विषय हो’, उनले भने, ‘सूचनाको हक नमान्नु, सम्बन्धित विषयमा प्रतिक्रिया दिन आलटाल गर्नु तथा पत्रकारलाई कुराएर कुटपिट गर्न लगाउनु निन्दनीय हो।’

कुटपिटको क्रममा पत्रकारको मोबाइल र क्यामेरासमेत खोसिएको छ।

चर्चामा

सम्बन्धित समाचार