• होमपेज
  • राजनीति
  • कपाले एमसीसीबारे निर्णय लिन सकेन, गाउँपालिका अध्यक्ष सकुशल फेला

कपाले एमसीसीबारे निर्णय लिन सकेन, गाउँपालिका अध्यक्ष सकुशल फेला

  • सोमवार, पुस ७, २०७६
कपाले एमसीसीबारे निर्णय लिन सकेन, गाउँपालिका अध्यक्ष सकुशल फेला

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली भूमि अतिक्रमण गरेर जारी गरेको भारतीय राजनीतिक नक्सा अस्वीकार गर्दै भारतसँग कुटनीतिक वार्ता गर्न निर्देशन दिएको छ ।  सात दिनसम्म बसेको पार्टी स्थायी समिति बैठकले उक्त निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार नेपाली भूमिमा भारतीय पक्षले राखेका सुरक्षाकर्मी हटाउनुपर्ने तथा लिम्पियाधुरा र स्तालगायतका स्थानमा भएका सीमा समस्या समाधान गर्न सरकारलाई पहल गर्न आग्रह गरेको छ ।  त्यस्तै कालापानी क्षेत्रको नेपालको भू–भाग फिर्ता गर्ने तथा भारतीय सुरक्षा शिविर हटाउन कदम चाल्ने पहललाई नेकपाले स्वागत गरेको छ । साथै  यताका सवालमा देखिएको अभुतपूर्व एकतालाई स्वागत गर्दै यो समस्या समाधान गर्न अझै एकताबद्ध हुनुपर्ने नेकपाको जोड छ ।

स्थायी समिति सदस्य भीम रावलले कालापानी क्षेत्र नेपालको भएकोमा दुविधा नभएको भन्दै सरकारले यसबारेमा तत्काल कुटनीतिक वार्ता गर्नुपर्ने निर्णय भएको बताउनुभयो ।
भारतले गत २ नोभेम्बरमा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू–भाग कालापानी क्षेत्रलाई समेटेको थियो ।

जसको नेपालमा तीव्र विरोध हुँदै आएको छ ।  नेपालको परराष्ट्र मन्त्रालयले नभेम्बर ६ मा वक्तव्य जारी गर्दै उक्त भू–भाग नेपालको भएको भन्दै एकतर्फी गरिने अन्तर्राष्ट्रिय सीमा हेरफेर नेपालका लागि स्वीकार्य नहुने जनाएको थियो ।

सीमा समस्या समाधान गर्न गत नोभेम्बर १० प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय र सर्वपक्षीय बृहत्तर भेला आयोजना आयोजना गरेका थिए ।

त्यसैगरी, बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पास भएको छ । बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ भने पार्टी एकताका काम १५ दिनभित्र सक्ने निर्णय गरेको छ ।
त्यस्तै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन इन्डोप्यासिफिक रणनीतिसँग सम्बन्धित नभएको ठहर भएमा त्यसलाई स्वीकार गर्ने निर्णय समेत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए

गाउँपालिका अध्यक्ष सकुशल फेला

शनिबार राति अपरहणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही कालिकोटको शुभकलिका गाउँपलिकाको जङ्गलमा फेला परेक छन् । प्रहरीले विप्लव कार्यकर्ताहरुको बीचबाट उनलाई खोस्न सफल भएको हो ।

थकित अवस्थामा फेला परेका अध्यक्षलाई अहिले फर्काउने काम भईरहेको डिआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए । आइतरबार शाही र उनकी श्रीमती इलालाई विप्लव समूहले अपहरणगरेको थियो ।
आइतबार दिउसो विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका थिए ।

अर्थमन्त्री युवराज खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले मुल्य मान्यता भन्दा बाहिर गएर नक्कली कम्पनीहरुको लेखा परीक्षण नगर्न लेखा परीक्षकहरुलाई आग्रह गरेका छन्  ।

इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड विषयक राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

लेखा परीक्षकको धर्म लेखापरीक्षण मात्रै नभएको र कुन कम्पनी के कस्तो उद्देश्यले स्थापना भएको छ त्यो पनि बुझ्नु जरुरी रहेको उनले बताए । कानुन व्यवसायीले मुद्धा जस्तो सुकै भएपनि व्यवसायीक मर्यादा बहस गर्नु हो भनेजस्तै लेखाको मान्छेले कम्पनी जस्तो सुकै भएपनि लेखा परीक्षण गर्ने धर्म हो भन्न नमिल्ने उनले बताए ।

पछिल्लो समय नक्कली कम्पनी खडा गरी ठगी गर्नेहरुको संख्या बढिरहेको चेतावनी दिँदै अर्थमन्त्री खतिवडाले त्यस्ता कम्पनीहरुलाई सुधार गर्न चुनौती थपिँदै गएको बताए ।

फाइनान्सियल फ्रडकै लागि कतिपय कम्पनीहरु नक्कली नागरिकता र नक्कली सेयरद धनी खडा गरी कम्पनी रजिष्ट्रारमा दर्ता हुने गरेको पाइएको उनले बताए ।

अख्तियार प्रमुख 

त्यसैगरी कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले लेखापरीक्षकहरुका कारण भ्रष्टाचार बढ्दै गएको बताएका छन् ।

उनले लेखापरीक्षकहरुले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको बताए । प्रमुख आयुक्त घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कतिपय अनुसन्धानमा सुरुदेखि नै लोखापरीक्षकका लागि भाग छुट्याउने गरेको पाइएको बताए ।
कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको बताए । उनले निजी क्षेत्रबाट ठगी हुने र सरकारी निकायहरुबाट भ्रष्टाचार हुने गरेको बताए ।

त्यस्तै भ्रष्टाचारलाई कम गर्न लेखापरीक्षणका मापदण्डहरुले वित्तीय ठगिको परिभाषाहरुलाई समेत समावेस गर्नुपर्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार