• होमपेज
  • सुचना प्रबिधी
  • आज वर्षकै छोटो दिन

आज वर्षकै छोटो दिन

  • आइतवार, पुस ६, २०७६
आज वर्षकै छोटो दिन

हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्षकै छोटो दिनको रुपमा लिने गरिन्छ तर पछिल्लो चार वर्षमा यसपटक भने वर्षको छोटो दिन डिसेम्बर २२ तारिख अर्थात् आज परेको छ । केही विशेष र दुर्लभ अवस्थामा डिसेम्बर २० देखि २३ सम्म यो दिन पर्न सक्ने बताइएको छ ।

वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ । यसको अर्थ यो हो कि अब दिन लामो हुन सुरु हुन्छ । साथै, यसले अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ ।

विन्टर सोल्सटाइसले उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात इंगित गर्छ । यस्तै, यसको विपरित दक्षिणी गोलार्धका लागि यो सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हो ।

सोल्सटाइस शब्द एक ल्याटिन भाषाबाट लिइएको शब्द हो जसको अर्थ हो ‘अहिले सूर्य स्थिर छ’ । सोल्सटाइसका बेला सूर्यले उत्तर वा दक्षिणतर्फ आफ्नो दिशा परिवर्तन गर्नुअघि यो केही समयका लागि रोकिने बताइन्छ । यो एक खगोलीय घटना हो । थुप्रै देशमा यसलाई उत्सवको रुपमा पनि मनाइन्छ । आयरल्याण्डमा मानिसहरु पाँच हजार वर्ष पुरानो न्यूग्रेन्ज नामको चिहानमा बनेको विशाल गोलो भवनलाई सूर्यको उज्यालोमा चम्किरहेको हेर्न जम्मा हुने गर्छन् । साथै, चीनमा यसलाई डोंग्जी फेस्टिबलको रुपमा मनाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार