• होमपेज
  • राजनीति
  • सभामुखबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

सभामुखबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

  • सोमवार, मंसिर २३, २०७६
सभामुखबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो। सचिवालय बैठक दिउँसो १ बजे बोलाइएको छ।

प्रतिनिधिसभामा रिक्त सभामुख पदको निर्वाचन र स्थायी समिति बैठक बोलाउने बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेको हो। बलात्कारको आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। बैठकमा मंसिर १४ मा भएको उपनिर्वाचनको औपचारिक समीक्षा हुने बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार