• होमपेज
  • राजनीति
  • सल्यानको कुमाख-५ मा नेकपा विजयी

सल्यानको कुमाख-५ मा नेकपा विजयी

  • आइतवार, मंसिर १५, २०७६
सल्यानको कुमाख-५ मा नेकपा विजयी

सुर्खेत : सल्यानको कुमाख गाउँपालिका -५ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बुढाथोकी (ज्वाला) विजयी भएका छन्। पूर्व माओवादी निकट उनी ७९२ मत ल्याएर विजय भएका हुन्।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका खडकबहादुर बोहराले २५१ मत र राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन्। यो वडामा कुल मतदाता १ हजार ८ सय ३९ मतदाता रहेकोमा १ हजार १ सय २४ जनाले मतदान गरेका थिए। जसमा ६० मत बदर भएको मुख्य निर्वाचनको कार्यालय सल्यानले जनाएको छ।

यसअघि पनि यो वडामा मा‌ओवादीका हरिप्रकाश बुढाथोकीले वडा अध्यक्ष जितेका थिए। उनी जिल्ला समन्वय समिति सल्यानमा आएपछि उपनिर्वाचन भएको हो।

चर्चामा

सम्बन्धित समाचार