शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • १२ सय संघीय निजामति कर्मचारीको बिज्ञापन दुई साताभित्रै-लोकसेवा आयोग

१२ सय संघीय निजामति कर्मचारीको बिज्ञापन दुई साताभित्रै-लोकसेवा आयोग

  • आइतवार, मंसिर ८, २०७६
१२ सय संघीय निजामति कर्मचारीको बिज्ञापन दुई साताभित्रै-लोकसेवा आयोग

काठमाडौं — लोकसेवा आयोगले संघिय निजामतिका लागि करिव १२ सय स्थायी कर्मचारीको बिज्ञापन गर्ने तयारी थालेको छ । गतबर्ष स्थानीय तहका लागि बिज्ञापन गरेको आयोगले यसबर्ष संघिय कर्मचारीका लागि बिज्ञापन गर्न लागेको हो ।

लोकसेवाले संघिय कर्मचारीका लागि ठुलो मात्रामा बिज्ञापन गर्न लागेको अध्यक्ष उमेश मैनालीले बताएका छन् । दुई बर्षदेखि संघिय कर्मचारीका लागि बिज्ञापन नखुलेका कारण यसबर्ष ठुलो संख्यामा बिज्ञापन गर्न लागिएको छ ,। दुई साताभित्रै १२ सय कर्मचारीको बिज्ञापन गरिने लोकसेवाले जनाएको छ ।

संघिय निजामतिमा ४९ हजार दरबन्दी छ । जसमा अधिकाँस प्रदेश र स्थानीय तहमा पुगेसकेका छन् । केहीले दुई बर्षभित्र अवसका पनि लिइसकेका छन् । संघिय निजामति कर्मचारीका लागि मात्र आयोगले बिज्ञापन गर्ने तयारी गरेको छ । संघिय निजामति कर्मचारीको रिक्त दरवन्दी विवरण संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले लोकसेवामा पठाइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार