शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • निर्वाचन आचारसंहिताको उल्लङ्घन भयो : देउवा

निर्वाचन आचारसंहिताको उल्लङ्घन भयो : देउवा

  • आइतवार, मंसिर १, २०७६
निर्वाचन आचारसंहिताको उल्लङ्घन भयो : देउवा

कैलाली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको आचारसंहिता उल्लङ्घन भइरहेकाले निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताएका छन् ।

नेपाल महिला सङ्घ कैलालीले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा अचारसंहिताको अक्षरशः पालना हुनुपर्नेमा जोड दिए । वर्तमान सरकार जनभावना विपरीत गएको आरोप लगाउँदै उनले यसको विरुद्धमा सशक्त भएर काम गर्नुपर्ने बेला आएको उल्लेख गरे । भारतसंँग सरकारले सीमा विवादका बारेमा वार्ता गरेर समाधान खोज्नुपर्ने सभापति देउवाको भनाइ थियो ।

भारतले अहिले जारी गरेको नक्सा गलत भएकाले सरकारले कूटनीतिक माध्यमबाट तत्काल सच्चाउन पहल गर्नुपर्ने दोहो¥याउँदै उनले भने, “महाकाली नदीलाई दुई देशको सिमाना र महाकाली नदीको पानी आधाआधा बाँड्ने महाकाली सन्धिमा उल्लेख छ । भारतले त्यही सन्धिअनुसार कार्यान्वयन गर्नुपर्छ ।”

चर्चामा

सम्बन्धित समाचार