शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने सम्भावना

नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने सम्भावना

  • शुक्रबार, कार्तिक २९, २०७६
नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने सम्भावना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज (शुक्रबार) बिहान बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकपछि आज बिहान ९ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा दुई अध्यक्षहरुको कार्यविभाजको बारेमा छलफल हुने बताइएको छ ।

बालुवाटारमा बस्ने नेकपा सचिवालय बैठकले प्रचण्डले कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व गर्ने र ओली भने प्रधानमन्त्री पदमा निरन्तर रहने निर्णय गर्नेछ।

सचिवालयको बैठक बोलाउनुअघि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबीच करिब डेढ घण्टा छलफल भएको थियो ।

दुवै अध्यक्षबीचको कार्यविभाजन पछि मात्रै मन्त्रिपरिषद पुनर्गठन गरिने छ ।

चर्चामा

सम्बन्धित समाचार