शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • उपनिर्वाचनका लागि मतदान केन्द्र कती ताेकीए सुचीसहित

उपनिर्वाचनका लागि मतदान केन्द्र कती ताेकीए सुचीसहित

  • शुक्रबार, अशोज २४, २०७६
उपनिर्वाचनका लागि मतदान केन्द्र कती ताेकीए सुचीसहित

काठमाडौं । मंसिर १४ गते हुन गइरहेको स्थानीय, प्रदेश र प्रतिनिधिसभा उपनिर्वाचनको मतदाता नामावली स्वीकृत भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका प्रवक्ता सहसचिव गिरिजा शर्माले तीनै तहको ५२ पदका लागि हुने उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरिएको जानकारी दिएका हुन्।

प्रवक्ता शर्माले उपनिर्वाचनको तयारी तीव्र भइरहेको जानकारी दिँदै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदका लागि हुने उपनिर्वाचनमाको अन्तिम मतदाता नामावली २३ गते बिहीबार स्वीकृत गरिएको जानकारी दिए।

आयोगले मतदान केन्द्र पनि तोकिसकेको जानकारी दिएको छ। प्रवक्ता शर्माका अनुसार उपनिर्वाचन प्रयोजनको लागि मतदान केन्द्र तोक्दा बढीमा एक हजार एकसय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको छ। उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहेको उनले बताए। ८०० वा सो भन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका छन् भने ८०० भन्दा कम मतदाता रहेका केन्द्र २०० रहेको आयोगले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार