• होमपेज
  • बुढीगंगा
  • बुढीगंगाको बजेट ५२ करोड विनियोजन

बुढीगंगाको बजेट ५२ करोड विनियोजन

  • मङ्लबार, असार ३१, २०७६
बुढीगंगाको बजेट ५२ करोड विनियोजन

प्रेम रौले/संगिता तिमिल्सेना
बाजुरा ३१,असार
बाजुराको बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ को बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट ५१ करोड ६८ लाख ९४ हजार बजेट विनियोजन गरिएको नगर प्रमुख दीपक विक्रम शाहले बताउनु भएको छ ।
उहाँले नगरका गौरवका योजना र नगरपालिकाबाट संचालन हुने शिक्षा,स्वास्थ्य,यातायात लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको बताउनु भयो ।
नगरपालिकाका नगर प्रमुख शाहले प्रस्तुत गरेको विजिनयोजन बजेटमा सडक तथा पुर्वाधारतर्फ एक करोड ५० लाख,शिक्षातर्फ एक करोड १२ लाख ७० हजार स्वास्थ्यतर्फ ७६ लाख ९५ हजार र कषितर्फ ६५ लाख दश हजार र पशुतर्फ ५२ लाख दश हजार गरी कुल ५१ करोड बढी बजेट विनियोजन गर्नु भएको छ ।
नगरपालिकाले लिएको गौरव योजनाका रुपमा लिएको नगरबस संचालनका लागि एक करोड बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत सुनिल ठकुल्लाले जानकारी दिनु भएको छ ।
उहाँले दिएको जानकारी अनुसार नगरपालिका क्षेत्रमा रहेका अपांग,बालबालिका,वृद्धवृद्धा,जेष्ठ नागरिकलाई सस्तो सुलभ र सहज रुपमा सेवा दिनका लागि नगर बस संचालन गर्ने गौरवको योजना बनाएको बताउनु भयो ।
यस्तै वडा कार्यालय जग्गा खरिद तथा निर्माणमा दुई करोड, र नगरपालिका भवन निर्माणमा डिपिआर योजना लगातका १६ योजना रहेको नगर प्रमुख शाहको भनाई रहेको छ ।
नगरपालिकाले ०७६÷०७७ चालुतर्फ ६ करोड १८ लाख र पुँजिगत खर्चतर्फ ४२ लाख बढी खर्च हुने गरी कार्यक्रम बनाइएको छ ।
बजेटमा नगर प्रमुख र उप प्रमुख कार्यक्रममा ४२ लाख बजेट विनियोन भएको छ ।
नगरपालिकाको तेस्रो नगरसभाबाट मंगलबार निती तथा कार्यक्रम पारित गरिएको छ ।
सभाबाट कृषिलाई आधुनिकिकरण गरी प्रधानमन्त्री कृषि आधुनिकिकरण गर्ने, पूर्ण रुपमा जलवायु अनुकुलन कृषि कार्यक्रम लगायतका कार्यक्रम रहेका छन् ।
त्यस्तै पशुपन्छी,सहकारी,उद्योग,रोजगार प्रर्वद्धन,गरिवी न्युनिकरण,पर्यटन,राजस्व संकलन र गुनासो सुनुवाई जस्ता निती तथा कार्यक्रममा समेटिएको छन् ।
कार्यक्रममा स्वास्थ्य,शिक्षा,विद्युत खानेपानी,संचार यातायात,न्याय बस्ती विकास वातावरण तथा विपद व्यवस्थापन,जलाधार संरक्षण फोहरमैला व्यवस्थापन कार्यक्रममा समेटिएका छन् ।
मंगलबार नगर सभामा ल्याएको निती तथा कार्यक्रममा संस्कृति प्रर्वद्धन,लैगिक समानता,सरकारी तथा गैर सरकारी संस्था निती तथा कार्यक्रम र खेलकुद तथा मनोरञ्जन समेत निती तथा कार्यक्रममा ल्याएको नगरपालिकाका प्रशासकिय अधिकृत ठकुल्लाको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार