बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • समाचार
  • २५ मिटर सडक विस्तार प्रकरण : सडक डिभिजन भन्छ – ‘४ दिनपछि भत्कन्छ बजार’

२५ मिटर सडक विस्तार प्रकरण : सडक डिभिजन भन्छ – ‘४ दिनपछि भत्कन्छ बजार’

  • आइतवार, असार २२, २०७६
सेयर गर्नुहोस् :
२५ मिटर सडक विस्तार प्रकरण : सडक डिभिजन भन्छ – ‘४ दिनपछि भत्कन्छ बजार’

पछिल्लो समय हेटौँडामा २५ मिटर सडक विस्तारको विषयलाई निकैनै चासोको रुपमा लिन थालिएको छ । सडक विभागले गत असार ७ गते सडक सिमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि यस विषयमा आम हेटौँडावासीको ध्यान खिचिएको छ ।

डिभिजन सडक कार्यालय मकवानपुरले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगतको हेटौँडा बजार क्षेत्रभित्र पर्ने सडकको दाँया/बाँया २५/२५ मिटर भित्र पर्ने घर, टहरा,मन्दिर लगायतका संरचना हटाउन सूचना जारी गरेसंगै सडक विस्तारको अभियानले फेरी गती लिने भएको हो ।

डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीले सडक विस्तार अब निश्चित भएको प्रतिक्रिया दिएका छन् । उनले सडक विस्तार गरिने क्षेत्रको क्षतिको लगत संकलनको काम समेत सकिनै लागेको जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संरचना नहटाए बल प्रयोग गरिने उनले बताए । गत असार ७ गते सूचना जारी भएकोले २१ गतेसम्म लगत संकलनको काम हुने र त्यसको २ दिनपछि विस्तारको काम सुरु हुने उनले बताए ।

यद्यपी अदालतको स्टे अर्डर भएकाहरुको भने घर भत्कदैँन उनले भने । सडक विस्तारको काम राप्ती रोड वा बुद्ध चोकबाट सुरु हुने उनको भनाई छ ।

यता सडक विस्तारको विषयमा उद्योगी व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघ भने असन्तुष्ट देखिएको छ । मउवा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले सरकारले उचित मुआब्जाको व्यवस्था गरेरमात्रै सो काम गर्नुपर्ने धारणा राखेका छन् । सरकारको सडक विस्तारको यो कदमले व्यवसायी समेत धरापमा पर्ने उनको भनाई छ ।

केही समयअघि सडक विस्तारको काम सुरु भइसकेको थियो । तत्कालिन क्षेत्रिय प्रशासक विनोद केसीले सडक भत्काउन सुरु गरेका थिए केही घरहरु पनि भत्काईएको थियो । उनको राजनीतिक दवाबमा सरुवा भएपछि यो विषय अन्यौलमा परेको थियो ।

चर्चामा

सम्बन्धित समाचार