• होमपेज
  • समाज
  • रोकिएन पाँचथरमा हत्याको शृंखला: २० बर्षीया सुजताको घाटि रेटी बिभत्स हत्या !

रोकिएन पाँचथरमा हत्याको शृंखला: २० बर्षीया सुजताको घाटि रेटी बिभत्स हत्या !

  • बुधबार, असार ४, २०७६
रोकिएन पाँचथरमा हत्याको शृंखला: २० बर्षीया सुजताको घाटि रेटी बिभत्स हत्या !

धारीलो हतियार प्रहर गरेको देखिएको छ । भिरबाट खसाइएको छ । हामिले अनुसन्धान थालेका छौँ’

पाँचथरमा नौ जनाको सामुहिक हत्याभएको पिडा नासेलाउदै प्रन्ध वर्षकी शितल योङहाङको घाटि रेटेर हत्या भएको छ । पाँचथरको जिल्लाको हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा किशोरीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।एनएमबी माइक्रोफाइनान्स हिलिहाङ–३ गोपेटारमा शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ वजेको अवस्थामा सिते भन्ने स्थानमा जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले वताए।वडाध्यक्ष यवाका अनुसार किशोरीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

धारीलो हतियार प्रहर भएको तथा भिरबाट झरेको अवस्थामा शव भेटिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । ‘धारीलो हतियार प्रहर गरेको देखिएको छ । भिरबाट खसाइएको छ । हामिले अनुसन्धान थालेका छौँ’ घटना स्थलबाट डिएसपी कुँवरले भने ‘धारीलो हतियार प्रहार भएको देखिन्छ ।’जिल्लाको मिक्लाजुङ गाँउपालिकाको आरुबोटे भन्ने ठाँउमा नौ जनाको हत्या भएको र सोहि गाँउपालिका– ४ मा किशोरीको हत्या भएको घटना नसेलाउँदै अर्को हत्याको घटना भएको हो ।

झोला र छाता बाटो र बाटोभन्दा करिब ५० मिटर तल शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

कार्यालयबाट फिल्डमा खटिएको कर्मचारी दिउँसो–४ बजेसम्म सम्पर्कमा नआएपछि खोजी नीति गरेपछि खुल्न आएको प्रहरीले जानकारी दिएको छ । खोजि गर्दा उनको उनको घाटिलगायत विभिन्न ठाँउमा धारीलो हतियार प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।उनको हत्या भएको प्रहरीको आशंका छ । झोला र छाता बाटो र बाटोभन्दा करिब ५० मिटर तल शव भेटिएको प्रहरीले जानकारी दिएको छ । हत्यामा कसको संलग्नताबारे खुल्न सकेको छैन् । एकपछि अर्को हत्याको घटना भएपछि जनजिवन थप त्रसिद बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार