• होमपेज
  • राजनीति
  • नेकपा बाजुरा जिल्ला कमिटीको पहिलो बैठकले गर्यो ६ निर्णय

नेकपा बाजुरा जिल्ला कमिटीको पहिलो बैठकले गर्यो ६ निर्णय

  • शुक्रबार, जेष्ठ ३१, २०७६
नेकपा बाजुरा जिल्ला कमिटीको पहिलो बैठकले गर्यो ६ निर्णय

बडीमालिका खवर
बाजुरा ३१ जेठ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बाजुराले पूर्णता पाएसंगै शुक्रबार पहिलो बैठकबाट बिभिन्न ६ ओटा निर्णय गरेको छ । दुई ठूला नेकपा एमाले र नेकापा माओबादी केन्द्रको पार्टी एकता भएको एक बर्षपछि नेकपा जिल्ला कमिटी बाजुराका पदाधिकारीहरुले सपथ लिएपछि सुक्रबार बसेको बैठकले बिभिन्न निर्णय गरेको पार्टीका कार्यालय सचिव काशी बिकले बताएका छन् । पार्टी कार्यालयमा बसेको बैठकले गरेका निर्णहरु कार्यालयमा पत्रकार सम्मेलन मार्फत कार्यालय सचिव काँसी बिकले सार्बजनिक गरेका छन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराको जिल्ला कमिटि सदस्यहरुले शुक्रबार शपथ ग्रहण लगत्ते जिल्ला कमिटीको बैठक बसेको थियो । नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम इन्चार्ज भीम रावलले बाजुरा जिल्ला कमिटीमा बनेको १ सय ३५ जनाको जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराएका थिए । बाजुरामा नेकपामा पूर्व नेकपा एमालेबाट ८० तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ५५ जना जिल्ला कमिटी सदस्यमा समेटिएका छन् । उनीहरुले पद तथा गोपनियताको शपथ ग्रहण लगत्ते जिल्ला कमिटिको पुर्ण बैठकबाट ६ ओटा निर्णय गरेर पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको जिल्ला कमिटी सदस्य अमर खड्काले बताएका छन् । आज बसेको बैठकले पार्टीको नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताएका छन् । पार्टीको नीति र सिद्धान्त अनुसार आफूहरुले जिल्लामा काम गर्ने जिल्ला कमिटी सदस्यहरुले बताएका छन् । बाजुरामा जिल्ला कमिटी सदस्यको शपथ ग्रहण भएसँगै शुक्रबार बाट जिल्ला कमिटिले पूर्णता पाएको छ । एक बर्ष सम्म कुनै क्रृयाकलप नगरेको नेकपाले आजैको दिनबाट पार्टीका काम ससक्त ढगंले अगाडी बढाउने भएको छ ।
नेकपा एकता पूर्णतापछिको पहिलो बैँठकले विभिन्न निर्णयहरु गरेको छ । जसमा बैँठकले नेकपा जिल्ला कमिटीले पूर्णता गराई सपथ ग्रहण गराउनका लागि जिल्लामा उपस्थिति भएका पार्टी स्थायी कमिटी सदस्य र प्रदेश कमिटीका पदाअधिकारीलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीको बिधान बमोजिम पार्टीका सम्पूर्ण कामकारबाही गर्ने कार्यालय सचिवालय र विभागहरु तत्काल गठन हुन् नसकेकोले पार्टीको कार्यालय सचिवालय र विभागको गठन नहुञ्जेल सम्पूर्ण काम, कार्वाही गर्नका लागि जिल्ला कमिटीको बैँठकले अनुमोदन गर्ने गरी सम्पूर्ण अधिकार पदाअधिकारीको रहने र बिधान बमोजिम पार्टीको दैनिक कामकाज सञ्चालन एवम् व्यवस्थापन कार्यालय सचिव काँसी बिकलाई दिने निर्णय गरिएको छ ।
त्यस्तै पार्टी जिल्ला कमिटी सदस्य दिल बहादुर कुँवरकी ममतामयी माता बिरकला कुवँर,पूर्व शिक्षा मन्त्री धनीराम पौडेल, खप्तड छेडेदह गाउँपालिकाका पार्टी सदस्य चक्र शाह र स्वामिकार्तिक खाँपर गाउँपालिकाका लाल्या बिक लगायत नेताहरुमा पर्ने गएको शोक प्रति शोक प्रस्ताव पारित गरी निर्णय गरिएको कार्यलय सचिव बिकले बताएका छन् ।
यसै बिच केही दिन अगाडी सुदुरपश्चिम प्रदेशको तराईका जिल्लामा आएको विनासकारी हावाहुरीका कारण कैलाली र कञ्चनपूर जिल्लामा हुन् गएको क्षेति प्रति नेकपा जिल्ला कमिटीको ध्यानाकर्षण भई पिडितलाई उचित क्षेति पूर्तिका लागि सुदूरपश्चि प्रदेश सरकार संग माग गर्ने निर्ण गरेको नेकपा जिल्ला कमिटि अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । त्यसै गरि पार्टीका सम्पूर्ण जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जाल, सार्वजनिक स्थलहरुको प्रयोग गर्दा पार्टीको गोपनियता, बिधान विपरित गई पार्टी नेतृत्वका बिरुद्धमा र पार्टी संगठनलाई आँच आउने खालका कुनै गतिविधि गरेको पाईएमा पार्टी अनुशासनको कार्वाही गरिने निर्णय पहिलो बैठकल गरेको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार