काठमाडौं : भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन्। भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली वैशाख २६ गते त्यसतर्फ गएका थिए।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली साँझ स्वदेश आइपुग्दैछ। भ्रमणका क्रममा प्रधानमन्त्रीले भियतनाम र कम्बोडियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह समेत गरेका छन्।प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थिरता र नीतिगत स्पष्ट भएकाले लगानी गर्न उपयुक्त वातावरण रहेको भन्दै लगानीकर्तालाई लगानी गर्न आह्वन गरेका हुन्।
प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतको टोली लिएर भियतनाम भ्रमणमा निस्केका थिए । भियतनाम भ्रमणमा ओलीले आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिसँग भेटघाट गरेका थिए।