• होमपेज
  • राजनीति
  • माधव नेपाल र ओलीको झगडा मिलाउने जिम्मा प्रचण्डलाई

माधव नेपाल र ओलीको झगडा मिलाउने जिम्मा प्रचण्डलाई

  • मङ्लबार, चैत्र २६, २०७५
माधव नेपाल र ओलीको झगडा मिलाउने जिम्मा प्रचण्डलाई

काठमाण्डाैँ– पार्टी एकीकरणबारे अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको अनौपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेको छ ।

जिल्ला कमिटीको नेतृत्व सुम्पने कुरामा पूर्वएमाले भित्रका ओली र नेपाल समूहबीच विवाद चर्किएको हो । दुवै अध्यक्षले दिनहुँ कुराकानी गरिरहे पनि सहमति जुट्न सकिरहेको छैन । नेपाल समूहले अहिले प्रस्तावित मापदण्ड जस्ताको तस्तै अनुमोदन गर्न खोजे समानान्तर कमिटी बनाउने समेतको चेतावनी दिएपछि अध्यक्ष ओली र प्रचण्ड झस्किएका छन् । मापदण्ड तय गरेर त्यसैका आधारमा व्यक्ति छनोट हुनुपर्ने नेपाल समूहको अडान छ । विगतमा एमालेको कार्यसमिति निर्वाचित भएकाले त्यसैको नेतृत्वलाई मान्यता दिनुपर्ने हाम्रो पक्षको धारणा हो’, नेपाल पक्षका स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘अधिवेशनहरुबाट निर्वाचतिलाई पाखा लगाउनु हुँदैन। जो वरिष्ठ छ त्यसैलाई राख्दै जानुपर्छ र एउटै मापदण्डका आधारमा कमिटीहरु ब्नाउनुपर्छ ।’

यो अडानलाई ओली समूहले भने नेपाल समूहको गुटगत स्वार्थका रुपमा बुझेको छ । दुई पार्टीको एकता भएकाले निर्वाचितलाई मात्र नेतृत्व दिनुपर्ने तर्कले सबैलाई समेट्न नसकिने बुझाई ओली पक्षको छ । नेपाल समूहमा आफ्ना मान्छे मात्र घुसाउने प्रवृत्ति देखिएको ओली पक्षधरको आरोप छ । ओलीसँग निकट मानिने प्रदेश–२ का इन्चार्जसमेत हरेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले शीर्ष नेताहरुको स्वार्थकै कारण एकता लम्बिएको बताए । कान्तिपुर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार