
बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरू हेरफेर हुने भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसका सबै मन्त्री फेर्ने भएका हुन् ।
कांग्रेसको असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएसँगै शपथको तयारी सुरू गरिएको हो । असन्तुष्ट पक्षले अछामका मानबहादुर रावल कञ्चनपुरका बेलबहादुर राना र बाजुराकी जुना दानीलाई मन्त्री बनाउने भएको छ।
यता अन्तिम समयमा एमालेले भने पुरानै मन्त्रीलाई निरन्तरता दिने भएको छ । हिजो केन्द्रले नयाँ मन्त्रीको नाम मुख्यमन्त्रीलाई दिए पनि अहिले अन्तिम समयमा आएर तत्काललाई पुरानै मन्त्रीलाई निरन्तरता दिइएको स्रोतले बतायो ।


