सोमवार, जेष्ठ २५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ

लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ

  • सोमवार, जेष्ठ २५, २०८३
सेयर गर्नुहोस् :
लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ

रूपन्देही–लुम्बिनी सरकारका नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका ४ र जसपाका १ जनालाई मन्त्री नियुक्त गरेका थिए ।

नयाँ नियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर छन् ।

चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार