बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • धवलशम्शेरको नेतृत्वमा १८३ नेताहरूले गरेर राप्रपाबाट सामूहिक राजीनामा

धवलशम्शेरको नेतृत्वमा १८३ नेताहरूले गरेर राप्रपाबाट सामूहिक राजीनामा

  • बिहिबार, जेष्ठ २१, २०८३
सेयर गर्नुहोस् :
धवलशम्शेरको नेतृत्वमा १८३ नेताहरूले गरेर राप्रपाबाट सामूहिक राजीनामा

काठमाडौं —महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेका छन् । काठमाडौँमा बिहीबार एक कार्यक्रम गर्दै उनीहरूले सामुहिक रुपमा राप्रपा त्यागेको घोषणा गरेका हुन् । पहिलो चरणमा डा. राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन् ।

बिहीबार काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारीलगायतले राप्रपा त्यागेका हुन् । अर्को चरणमा थप नेताले पार्टी छाड्ने बताइएको छ । डा. राणा नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् । आज राप्रपा छोडेका नेताहरू डा. राणाको नेतृत्वमा नयाँ पार्टीमा जाने भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूको आरोप रहेको छ । जनता केन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिए पनि त्यस अनुसार पार्टी सञ्चालन नभएको उनीहरूको भनाइ छ । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार