
बाजुरा– बाजुरामा एक युवकको हत्या गरिएको छ। बुढीनन्दा नगरपालिका–६ कोटिलाका ३२ वर्षीय निर रावतको बुधबार राति हत्या गरिएको हो। राति आपसी विवादका क्रममा स्थानीय १९ वर्षीय टेकेन्द्र रावतले प्रहार गरेको ढुङ्गा लागेर निरको मृत्यु भएको स्थानियले बताएका छन। स्थानिय एक जनाकाे घरकाे छत ढलान रहेकाे र साझपख खानािपन सगै मदिरा खाएर आपसमा बिबाद हुदा घटना भएकाे स्थानियकाे भनाइ रहेकाे छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप बिवरण संकलन गरिरहेकाे जनाएको छ।


