बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रानीसैन घटनामा पत्रकारलाइ गरिएकाे अमानविय घटनाप्रति पत्रकार महासंघ बाजुराद्वारा आपत्ती

रानीसैन घटनामा पत्रकारलाइ गरिएकाे अमानविय घटनाप्रति पत्रकार महासंघ बाजुराद्वारा आपत्ती

  • शुक्रबार, जेष्ठ ८, २०८३
सेयर गर्नुहोस् :
रानीसैन घटनामा पत्रकारलाइ गरिएकाे अमानविय घटनाप्रति  पत्रकार महासंघ बाजुराद्वारा  आपत्ती

बाजुरा — नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले हिमाली गाउँपालिका–३ रानीसैनमा पर्यटन प्रवर्द्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि भएको कुटपिट र दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका सचिव प्रेम बहादुर राैले द्वारा जारी प्रेस विज्ञप्तिमा रानीसैन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न गएको टोली र स्थानीयवासीमाथि आक्रमण गरी कुटपिट तथा लुटपाट गरिएको घटनाप्रति दुःख व्यक्त गरिएको छ।
विज्ञप्तिअनुसार सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितको टोलीलाई हिमाली गाउँपालिकाका केही व्यक्तिहरूले कुटपिट गरेको उल्लेख गरिएको छ। घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा , वडा नम्बर ३ का वडा सदस्य पेमा ग्याल्बु गुरुङ, स्थानीय लक्ष्मी गुरुङ, मीन कुँवर, नर बहादुर गुरुङ तथा प्रहरी चौकीका प्रहरी सहायक हवल्दार महेश धामी  घाइते भएको महासंघले जनाएको छ।
महासंघले यस्ता अमानवीय तथा हिंसात्मक गतिविधिमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ। साथै, रानीसैन घटनासँग सम्बन्धित समाचार सम्प्रेषण गरेका पत्रकारमाथि सामाजिक सञ्जालमा गालीगलौज तथा धम्की दिइएकोप्रति पनि आपत्ति जनाएको छ।
महासंघद्धारा जारी गरिएकाे बिज्ञप्तीमा   पत्रकार प्रकाश बहादुर सिंह, अनिल शाही, उमेश शाही, जनक बाेहरा र जीतजंग कटेललाई सामाजिक सञ्जालमार्फत धम्की तथा दुर्व्यवहार गरिएको भन्दै यस्ता गतिविधि तुरुन्त रोक्न र संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरिएको छ। बाजुरा बाट गएकाे पत्रकारहरुकाे टाेलीलाइ ३ दिन सम्म बन्धक बनाइएकाे क्यामरा माेबाइलमा खिचिएका भिडीयाे तथा फाेटाेहरु डिलिट गर्न लगाएकाे घटनाले पत्रकार महास‌घ बाजुरा शाखाले आपत्ती जनाएकाे साे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।  त्यसै गरी पत्रकार महास‌घ बाजुराका काेषाअध्यक्ष तथा सेतीकर्णाली खवरका प्रकासक उमेश शाहीमाथी हातपात तथा उनकाे क्यामरा माेबाइल समेत हुम्लीले फुटाएकाे जनाएकाे छ ।  अन्तर जिल्ला सीमासम्बन्धी विवाद समाधानका लागि नेपाल सरकारले सम्बन्धित निकायसँग समन्वय गरी तत्काल पहल गर्नुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

No description available.

चर्चामा

सम्बन्धित समाचार