बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • किशोरी तथा युवतीका लागि सुरक्षित वातावरण सम्बन्धी २ दिने अभिमुखीकरण

किशोरी तथा युवतीका लागि सुरक्षित वातावरण सम्बन्धी २ दिने अभिमुखीकरण

  • बुधबार, जेष्ठ ६, २०८३
सेयर गर्नुहोस् :
किशोरी तथा युवतीका लागि सुरक्षित वातावरण सम्बन्धी २ दिने अभिमुखीकरण

बाजुरा–  किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले दुई दिने अभिमुखीकरण कार्यक्रम समापन गरिएकाे छ। “किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE-Girls)” कार्यक्रम अन्तर्गत डिजिटल रूपान्तरण, प्रविधि–सहजीकृत लैंगिक हिंसा (TFGBV), प्रविधि–सहजीकृत बाल विवाह (TFCM) न्यूनीकरण तथा समुदाय–केन्द्रित रेफरल प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।
कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), युएनएफपीए तथा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा  गिफ्ट नेपालद्वारा सञ्चालित किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE Girls) परियोजनाकाे सहकार्यमा संचालन गरिएकाे साे कार्यक्रम  ५ गतेदेखी ६ गतेसम्म सञ्चालन भएकाे गिफ्ट नेपालका कार्यक्रम स‌‌याेजक नृप थापाले बताएका छन ।  कार्यक्रममा किशोरी तथा युवतीमाथि हुने प्रविधिमा आधारित हिंसा, बाल विवाह न्यूनीकरण, सुरक्षित डिजिटल प्रयोग तथा समुदायस्तरमा सहयोग र उद्धार प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएकाे कार्यक्रम स‌‌याेजक थापाले  बताए ।

साे कार्यक्रम अहिलेको डिजिटल युगमा निकै सान्दर्भिक  पहलका रूपमा यस कार्यक्रमलाइ लिइएकाे छ ।  पछिल्लाे  समय सामाजिक सञ्जाल र प्रविधिको पहुँच गाउँ–गाउँसम्म पुगेपछि त्यसको सकारात्मक पक्षसँगै किशोरी तथा युवतीहरू विभिन्न प्रकारका जोखिममा समेत पर्न थालेकाे अबस्थामा प्रशिक्षित किशाेरीहरुले गाउँमा गएर यहि बिषयमा शिक्षा दिने साे कार्यक्रमकाे उदेस्य रहेकाे गिफ्ट नेपालकी पकार्यक्रम अधिकृत पुष्पा गिरीले बताइन। प्रविधि–सहजीकृत लैंगिक हिंसा फेसबुक, मेसेन्जर, टिकटक, इमेल वा अन्य डिजिटल माध्यम प्रयोग गरेर गरिने दुर्व्यवहार, चरित्र हत्या, धम्की, अश्लील सामग्री प्रसारण, फेक आइडी प्रयोगजस्ता गतिविधिलाई न्युनिकरण र सचेताना फैलाउने उदेस्यका साथ अभिमुखीकरण गरीएकाे उनले बताएकी छन।

प्रविधि–सहजीकृत बाल विवाह (TFCM) पनि पछिल्लो समय चुनौतीका रूपमा देखिएकोले यसबाट बच्न र सचेतनाका कार्यक्रमहरु बढाउन अपरिहार्य रहेकाे भन्दै प्रशिक्षण गरिएकाे आयाेजकले जनाएकाे छ । सामाजिक सञ्जालमार्फत सम्बन्ध विस्तार हुने, परिवारको निगरानी कमजोर हुने तथा गलत प्रभावका कारण कम उमेरमै विवाह हुने घटना बढ्दै गएकाेले यस्ता घटनाहरुबाट बच्न र बचाउन उदेस्य रहेकाे प्रशिक्षक तथा गुडनेवर्स इन्टरनेशनल नेपालका प्रदेश स‌याेजक जगदिश दासले  बताएका छन। ग्रामीण क्षेत्रमा डिजिटल साक्षरताको कमी हुँदा जोखिम अझ बढी देखीएकाेले याे कार्यक्रमबाट प्रशिक्षित भएका किशाेरीहरुले गाउँमा सचेतनाका कार्यक्रम गरी घटना न्युनिकरणमा टेवा पुग्ने उनले बताएका छन ।   यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको “समुदाय–केन्द्रित रेफरल प्रणाली” हो। यसको अर्थ हिंसा वा जोखिममा परेका किशोरी तथा युवतीलाई प्रहरी, स्वास्थ्य संस्था, स्थानीय सरकार, विद्यालय र सामाजिक संघसंस्थासम्म सहज रूपमा पहुँच गराउने संयन्त्र निर्माण गर्नु रहेकाे गुड नेभर्स इन्टरनेश्नलका सदुरपश्चिम प्रदेश स‌याेजक दासले  बताए ।

पीडितलाई समयमै सहयोग र न्याय पाउन मद्दत पुर्याउन याे कार्यक्रम उपयुक्त रहेकाे उनकाे भनाइ रहेकाे छ ।  बाजुरा जस्ता दुर्गम जिल्लामा यस्ता कार्यक्रमले डिजिटल सचेतना बढाउनुका साथै किशोरी तथा युवतीलाई सुरक्षित रूपमा प्रविधि प्रयोग गर्ने सीप विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको उनले बताए । साथै स्थानीय तह, अभिभावक, विद्यालय र समुदायलाई पनि जिम्मेवार बनाउने भएकाले दीर्घकालीन रूपमा लैंगिक हिंसा तथा बाल विवाह न्यूनीकरणमा सकारात्मक प्रभाव पार्न सक्ने सदुरपश्चिम प्रदेश स‌याेजक दासकाे भनाइ रहेकाे छ ।

गुड नेभर्स इन्टरनेश्नलका सुदुरपश्चिम प्रदेश स‌याेजकजगदिश दास, गिफ्ट नेपालका कार्यक्रम अधिकृत पुष्पा गिरी, कार्यक्रम स‌‌याेजक नृप थापाले सहजीकरण गरका थिए । साे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाजुरा इनिस्पेक्टर गगनसिह भाटले पनी सुरक्षित डिजिटल प्रयोग समाधान तथा काननी अबधारणाका बिषयमा सहजिकरण गरेकाे आयाेजकले जनाएकाे छ ।

मार्तडीस्थित रोयल होटलकाे हलमा संचालन गरिएकाे कार्यक्रममा  बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिकाका ९/९ जना गरी १८ जना किशाेरीहरुकाे  सहभागिता रहेको थियाे। कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), युएनएफपीए तथा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा  गिफ्ट नेपालद्वारा सञ्चालित किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE Girls) परियोजनाकाे सहकार्यमा  साे कार्यक्रम संचालन गरिएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार