बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगाले पायो पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत

बुढीगंगाले पायो पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत

  • बुधबार, जेष्ठ ६, २०८३
सेयर गर्नुहोस् :
बुढीगंगाले पायो पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत

बाजुरा–बाजुराको बुढीगंगा नगरपालिकाले पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । लामो समयदेखि प्रशासकीय अधिकृत विहीन बनेको नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत हाजिर भएका हुन् ।

२०८३ वैशाख २३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत तारादत्त भट्टलाई खटाएको थियो । पालिकाको प्रशासकीय अधिकृतमा कामकाजका लागि खटिएका भट्ट बुधवार नगरपालिकामा हाजिर भएको नगर प्रमुख राम बहादुर बानियाँले बताए । उनले पाँच महिनासम्म नगरपालिकामा प्रशासकीय अधिकृत नहुँदा रोकिएका सम्पूर्ण आर्थिक तथा प्रशासनिक कामकाज अबदेखि सुरु हुने उनले बताए ।

२०८२ पुसमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत अम्मरराज जोशीको सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भोज बहादुर ऐडीलाई खटाएको थियो । तर ऐडी भने चैत्रमा एक साता पनि नगरपालिकामा नबसेर फिर्ता भएका थिए । फेरि चैत्र तेस्रो साता मन्त्रालयले पुनः भोज बहादुर ऐडीलाई खटाए पनि हाजिर नभएरै सरकारले आफूलाई पोलेको तथा विभिन्न व्यक्तिगत समस्या देखाउँदै यहीँ वैशाख १६ गते राजीनामाका लागि मन्त्रालयमा निवेदन समेत दिएका थिए ।

चालू आर्थिक बर्ष सकिन अब डेढ महिना मात्रै बाँकी रहँदा त्यहाँ प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभावका कारण कामकाज प्रभावित हुदैँ आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार