बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • मुक्त हलिया समुदायका सवाल सम्बन्धी सार्वजनिक सेवामा पहुँच सुधारका विषयमा छलफल

मुक्त हलिया समुदायका सवाल सम्बन्धी सार्वजनिक सेवामा पहुँच सुधारका विषयमा छलफल

  • सोमवार, जेष्ठ ४, २०८३
सेयर गर्नुहोस् :
मुक्त हलिया समुदायका सवाल सम्बन्धी सार्वजनिक सेवामा पहुँच सुधारका विषयमा छलफल

बाजुरा— बडीमालिका नगरपालिकामा मुक्त हलिया समुदायका सवाललाई स्थानीय नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने उद्देश्यसहित पालिका स्तरीय वकालत अन्तरक्रिया कार्यशाला सम्पन्न भएको छ। स्थानीयदेखि विश्वव्यापी मानव अधिकार वकालतमार्फत नेपालमा सिमान्तकृत समुदाय र सामाजिक रूपमा बहिष्कृत जनसंख्याको सशक्तीकरण गर्ने “L2G परियोजना” अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मुक्त हलिया पुनःस्थापना कार्यविधिको कार्यान्वयन, स्रोत विनियोजन, स्रोत परिचालन तथा मुक्त हलिया समुदायको सार्वजनिक सेवामा पहुँच सुधारका विषयमा छलफल गरिएको बडीमालिका नगरपालिकाका गैसस फाेकल पर्सन कृष्ण खड्काले बताए ।

No description available.

कार्यक्रममा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मुक्त हलियाका सवाल समेट्नुपर्नेमा जोड दिइएको थियो। यस्तै, मुक्त हलियाको दिगो तथा न्यायिक पुनःस्थापनाका लागि “मुक्त हलिया पुनःस्थापना कार्यविधि” संचालन प्रकृयालाइ अगाडी बढाउन सबैकाे सहयाेगकाे अपेक्षा सहित अगडी बढाउन यस कार्यक्रमले थप जाेड दिएकाे नगरपालिकाले जनाएकाे छ ।

No description available.

अन्तरक्रियामा सहभागीहरूले मुक्त हलिया समुदाय अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य सार्वजनिक सेवामा सहज पहुँचबाट वञ्चित रहेको उल्लेख गर्दै स्थानीय सरकारले लक्षित कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका थिए। साे कार्यक्रमकाे संचालन राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालकी सामाजिक परिचालक जनसरी सार्कीले गरेकी थिइन् ।

No description available.

कार्यक्रम राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले आयोजना गरेको हो भने बडीमालिका नगरपालिकाले समन्वय गरेको थियो। कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय तथा मुक्त हलिया समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार