बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

  • बिहिबार, बैशाख ३१, २०८३
सेयर गर्नुहोस् :
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्राडा जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्यमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल रहेका छन् ।

प्राडा अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन् ।

विश्वविद्यालयका अनुसार समिति शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन २०८२ बमोजिम गठन गरिएको हो ।

बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै ६ जना विश्वविद्यालय सभा सदस्य (सिनेटर) पनि मनोनयन गरेको छ ।

विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट दुई महिलासहित विशिष्ट व्यक्तिहरूलाई सिनेटमा समावेश गरिएको जनाएको छ ।

यसैबीच, बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्‍याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार