बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगा नगरपालिकामा बिहीवार शोक बिदा

बुढीगंगा नगरपालिकामा बिहीवार शोक बिदा

  • बुधबार, बैशाख ३०, २०८३
सेयर गर्नुहोस् :
बुढीगंगा नगरपालिकामा बिहीवार शोक बिदा

बाजुरा–बाजुराको बुढीगंगा नगरपालिकाले भोलि अर्थात बिहिवार शोक बिदा दिने निर्णय गरेको छ । नगरसभा सदस्य एवम् वडा नम्बर ३ की महिला सदस्यको असमायिक निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै भोलि एक दिन पालिकाभर शोक बिदा दिने निर्णय गरेको हो ।

बुधबार बसेको ५५ औँ नगर कार्यपालिका बैठकको निर्णयअनुसार बिहिवार नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक शोक बिदा दिइएको वडा नम्बर ६ का अध्यक्ष एवम् नगर प्रवक्ता हेमराज जैशीले जानकारी दिए ।

मङ्गलबार साँझ बुढीगंगा नगरपालिका–३ बस्ने महिला वडा सदस्य समेत रहेकी ३७ वर्षीया कल्पना देवी थापाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको थियो । फालासैन बजारबाट घर फर्किने क्रममा माथिबाट अचानक खसेको ढुङ्गा लाग्दा पैदल बाटोबाट करिब ५० मिटर तल सडकमा खसेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।

No description available.

 

चर्चामा

सम्बन्धित समाचार