बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा एसईई नतिजा सुधारोन्मुख, ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण

बाजुरामा एसईई नतिजा सुधारोन्मुख, ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • मङ्लबार, बैशाख २९, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा एसईई नतिजा सुधारोन्मुख, ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण

टेक बहादुर बुढा–राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । २०८२ चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई नतिजा सोमबार सार्वजनिक भएको हो ।

यसअघि सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेको थियो । चाँडो नतिजा प्रकाशन गर्न परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण व्यवस्था मिलाइएको थियो । बोर्डले परीक्षा सकिएको २९ दिनमा सोमबार राति एसईईको नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार बाजुरामा ६१ दशमलव ९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । जिल्लाभरका सामुदायिक र संस्थागत गरी ६८ विद्यालयबाट सहभागी मध्ये एक हजार ३१६ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले एसईई परीक्षामा साधारण धारतर्फ एक हजार २५१ र प्राविधिक धारतर्फबाट ६५ जना विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । त्यस्तै साधारणबाट ७६९ र प्राविधिकबाट ४१ गरी ८१० जना नन ग्रेडमा परेका छन् ।

यस्तै बाजुरामा विगत दुई बर्षको नतिजालाई हेर्दा यो बर्ष सुधारोन्मुख देखिएको छ । शैक्षिक सत्र २०८० मा ३६ प्रतिशत विद्यार्थी ग्रेडेड भएको थिए भने गत बर्ष २०८१ मा ५१.७२ प्रतिशत विद्यार्थी र यस बर्ष ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । यो विगतको भन्दा नतिजामा सुधार भएको हो । शैक्षिक सत्र २०८१ को एसईईमा दुई हजार ३१८ विद्यार्थी सहभागी भएकोमा एक हजार १९९ जना विद्यार्थी उत्तीर्ण भएका थिए । तर शैक्षिक सत्र २०८२ मा कुल दुई हजार १२६ जना सहभागी भएकोमा एक हजार ३१६ जना विद्यार्थी ग्रेडेड भएका छन् ।

यस बर्षको नतिजा हेर्दा जिल्लामा एसईई नतिजामा क्रमिक रुपमा सुधार भइरहेको भए पनि त्यति सन्तोषजनक भने नभएको सरोकारवालाहरु बताउँछन् । जिल्लामा पछिल्ला वर्षहरूमा शैक्षिक क्षेत्रमा देखिएको लगानी, विद्यालय व्यवस्थापनमा सुधार र शिक्षक–अभिभावकको सक्रियता बढी भएका विद्यालयहरुको नतिजामा सकारात्मक प्रभाव देखिन थालेको छ । शिक्षा क्षेत्रका जानकारहरूका अनुसार नियमित पठनपाठन, अतिरिक्त कक्षा सञ्चालन, नमुना परीक्षा, शिक्षकको निगरानी तथा स्थानीय तहको चासोले नतिजा उकास्न मद्दत पुगेको छ। कतिपय विद्यालयले एसईई केन्द्रित विशेष तयारी कक्षा सञ्चालन गर्दै आएका छन् ।

यद्यपि जिल्लाको समग्र शैक्षिक अवस्था अझै चुनौतीपूर्ण नै रहेको सरोकारवालाहरूको भनाइ छ । दुर्गम बस्तीमा शिक्षक अभाव, विषयगत शिक्षकको कमी, कमजोर भौतिक संरचना, इन्टरनेट तथा प्रविधिमा सीमित पहुँच, आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीको नियमितता जस्ता समस्या अझै विद्यमान छन्। हिमाली तथा विकट क्षेत्रमा रहेका विद्यालयहरूमा अपेक्षाकृत कमजोर नतिजा देखिनुले शिक्षा पहुँच र गुणस्तरमा अझै असमानता रहेको संकेत गरेको छ । स्थानीय तहहरूले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शिक्षक व्यवस्थापन, नियमित अनुगमन र विद्यार्थीमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । जिल्लाको समग्र शैक्षिक सुधारका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार र समुदायबीचको सहकार्य अझ प्रभावकारी बनाउनु पर्ने जानकारहरूले बताउने गरेका छन् ।

यस्ताे छ नतिजा । 

May be an image of ‎blueprint and ‎text that says '‎माध्यमिक शिक्षा परीला() २०६२ शिकषा विकास तथा समन्बय इकाइ बाजुरा साधारण घारतर्फ नतिजा GPA स्तरीकृत সন्ड ३.६ GPA देखि 8.0 GPA भन्दा कम ३.२ GPA प्राविधिक घारतर्फ जम्मा ३.६ GPA भन्दा कम २९ २३३ GPA देखि ३.२ GPA भन्दा कम GPA देखि २.দ GPA भन्दा कम GPA देखि 8.۲ GPA भन्दा कम २९ لا 5الا २३७ ३१ १६ GPA देखि २.० GPA भन्दा कम ३६० Graded ٤٩ ३চ९ २९ لالا 9 o १२११ Non Graded जम्मा सहभागी विध्यार्थी संख्या जम्मा सहभागी विध्यालय Graded विद्यार्थी प्रतिशत E4 ७६९ १३१६ ٩ २०२० 5१० १०६ ६5 २१२६ ६१.९३ ६१.३२ ६१.९ इकाई प्रमुख‎'‎‎

चर्चामा

सम्बन्धित समाचार