बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कुवाडी खोलामा बगेर वेपत्ता भएका बालक मृत फेला

कुवाडी खोलामा बगेर वेपत्ता भएका बालक मृत फेला

  • सोमवार, बैशाख २८, २०८३
सेयर गर्नुहोस् :
कुवाडी खोलामा बगेर वेपत्ता भएका बालक मृत फेला

बाजुरा —बाजुराको हिमाली गाउँपालिका–१ मैतार्नास्थित कुवाडी खोलामा नुहाउन गएका एक बालक खोलाले बगाउँदा मृत्यु भएको छ । आइतबार दिउँसो करिब ३ बजेतिर स्थानीय चंखलाल थापाका छोरा अन्दाजी १४ वर्षीय नबराज थापा साथीहरूसँग खोलामा नुहाउन गएका बेला बगेर बेपत्ता भएका थिए। उनीसँगै बिराज थापा, विशाल थापा र किस्मत थापा समेत खोलामा पुगेका थिए।

नबराज खोलाले बगाएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बिच्छिया, बाजुराबाट प्रहरी हवल्दारको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा खोजतलास गर्दा आज सोमबार दिउँसो १ बजेतिर नबराज थापा मृत अवस्थामा फेला परेका हुन् । मृतक बालक थापाको शव उनी बगेको स्थानबाट करिब ४ सय मिटर तल खोलामा फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलतर्फ खटिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार