बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

  • शुक्रबार, बैशाख २५, २०८३
सेयर गर्नुहोस् :
अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको एउटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार शिवराज नगरपालिका–१ क्षेत्रमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ख २३६४ नम्बरको ट्रकलाई रोकेको थियो ।

जाँचका क्रममा ट्रकमा लुकाइछिपाइ अवैध रूपमा ल्याइएका २० वटा गोरु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–२ बस्ने ३५ वर्षीय विजयकुमार महतो र ट्रकमा सवार झापा मेचीनगर नगरपालिका–११ का ३७ वर्षीय खड्गबहादुर दाहाललाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई पशुपक्षी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका २० वटा गोरुलाई कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित विजयनगरमा रहेको पशु संरक्षण संस्था नेपालमा संरक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार