
बाजुरा– सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत टेवाको साझेदारी र एकता नेपालको आयोजनामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजना अन्तर्गत सार्वजनिक सुनुवाई तथा संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडीमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो।
महिला शसक्तिकरणका निम्ति आयाेजना गरिएकाे सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत महिलाका जिज्ञासा,सुझाव तथा गुनासा सुन्ने र सम्बन्धित निकायबाट जवाफ प्राप्त गर्ने उदेश्यले आयाेजना गरिएकाे टेवा नेपाल सुदुरपश्चिम प्रदेश कार्यक्रम अफिसर राधिका परियारले बताएका छन । यस्तै जवाफदेहि बनाउने र महिला शसक्तिकरणका लागि ९ वटै जिल्लाका केही पालिकामा कार्यक्रमकाे आयाेजना गरिएकाे एकता नेपालका कार्यकारी निर्देशक राज चौधरीकाे भनाइ छ ।
कार्यक्रमको सुरुवात सामुदायिक सुरक्षा जालोको संयोजक सरिता दास नेपालीले गरेकी थिइन् भने एकता नेपालका कार्यकारी निर्देशक राज चौधरीले एकता नेपालले गरेकाे उपलब्धि बारे समिक्षा प्रस्तुत गरेका थिए । टेवाका कार्यक्रम अधिकृत राधिका परियारले टेवाको उद्देश्य तथा सामुदायिक सुरक्षा जालोसम्बन्धी जानकारी प्रस्तुत गरेकी थिइन। प्यानल छलफलको सहजिकरण पत्रकार सरिता नेपालीले गरेकी थिइन।प्यानल छलफलपछि आयोजित खुल्ला छलफलमा सहभागीहरुले विभिन्न जिज्ञासा तथा प्रश्नहरु राखेका थिए।
सवाल जवाफकाे माध्यामबाट आयाेजना गरिएकाे कार्यक्रममा लक्षित र पछाडी परेकाे बर्गका लागि बडिमालिका नगरपालिकाले गरेकाे प्रयासहरू केके भए र आगामी दिनमा के कस्ता रहेका छन् ? भन्ने सर्वसाधरणकाे प्रश्नमा बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले लक्षित वर्गका लागि बजेट विनियोजन हुँदै आएको भए पनि आगामी आर्थिक वर्षमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय, किशोरी तथा महिलाहरुलाई उद्यमशीलता र रोजगारीमा जोड्न विशेष बजेट छुट्याइने प्रतिबद्धता व्यक्त गरेका छन । साथै यसमा पालिकाले मात्र सहयाेग नगरेर सम्बन्धित ब्यक्तिले इच्छाशक्ति बढाइ काममा मेहनती र जिम्मेवारी बन्न सबैकाे भुमिका जरूरी रहेकाे बताएका छन ।
उनले इच्छाशक्ति भएका महिलालाइ उद्दमशिलतामा जाेड्ने,प्रत्येक वडामा ५० प्रतिशत महिलालाइ उपभााेक्ता समितीकाे अध्यक्ष बनाइ आयआर्जनका गतिबिधी अगाडि बढाउने, लैंगिक उत्तरदायी बजेटमा नीतिगत ब्यवस्था गरि नीति कार्यक्रममा समेटेकाे, बिद्यालयमा पाठ्यपुस्तककाे अभाब हुन नदिन र सहजै रूपमा पढाइ हुने बातापरणकाे सृजना गर्ने लगायतका काम गर्ने सार्वजानिक सुनुवाइमा प्रतिबद्धता ब्यक्त गरेका छन् ।
त्यस्तै बडिमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले पालिकाकाे हलकाे भाडालाइ महिला शसक्तिकरणका लागि भनेर छुट्याएकाे र खर्च गरेकाे प्रतिवद्दता ब्यक्त गरेकी छन्। उनले सामुदायिक सुरक्षा जालाेकाे समितीकाे मासिक बैठकमा महिलाकाे निम्ती खर्च गर्ने घाेषणा गरिन । सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजना अन्तर्गत सार्वजनिक सुनुवाई तथा संवाद कार्यक्रम सम्बाद बक्ताकाे रूपमा रहनुभएका बडिमालिका नगरपालिका वडा नं ७ का वडा सदस्य पार्वती जाेशीले पनि हिंसा प्रभावित महिलाका लागि भनेर वडामा बजेटकाे ब्यबस्था गरेर उनीहरूका समस्या समाधान गर्ने र आयआर्जनमा जाेड दिने प्रतिवद्दता ब्यक्त गरेका छन ।
त्यस्तै पालिकाकाे महिला तथा बालबालिका शाखा प्रमुख केशरी राेकायाले पनि महिलाकाे जीवनस्तर माथि उकास्नका लागि उनीहरूकाे आयआर्जनमा जाेड दिने,बडिमालिकाकाे नीति तथा कार्यक्रममा समेटिएका क्रियाकलापलाई आत्मसाथ गर्दै काम गर्ने प्रतिवद्दता जाहेर गरेका छन् ।
कार्यक्रममा बाेल्दै जिल्ला अस्पताल बाजुरा आेसिएमसी फाेकल पर्सन निसा राेकायाले हिंसा प्रभावित महिलाका लागि आेसिएमसी बाट पाइने ६ वटा सेवाशरू निशुल्क रूपमा निरन्तर पाइरहेकाे र आगामी दिनमा पनि थप सेवासुबिधा दिनका निम्ति रेफरल प्रणाली ब्यबस्थित गर्ने, हिंसा प्रभावितलाइ रेफर गर्नुपर्ने अवस्थामा थप उपचारका लागि सेती अस्पताल,काठमाण्डाैँ लगायतका अस्पतालसंग थप समन्वय गर्ने बताइन । साथै सामुदायिक सुरक्षा बाजुराका संयाेजक सरिता दास नेपालीले महिला शसक्तिकरण,जागरण र जनचेतना जाेगाउने कामलाई निरन्तरता दिदै आएकाे बताएकी छन । बडिमालिका नगरपालिकाका ९ वटै वडामा समिती गठन गरेर महिलालाइ शसक्त बनाउने कुरामा आफू सँधै अडिक रहेकाे प्रतिवद्दता ब्यक्त गरेकी छन ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सामुदायिक सुरक्षा जालो, महिला कृषक समूह, युवा सञ्जाल, किशोरी सञ्जाल, बाल क्लब तथा विभिन्न संघसंस्थाका गरी ७० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रमले स्थानीय स्तरमा महिला सशक्तिकरण, समावेशी विकास र सामुदायिक सुरक्षा जालो सुदृढिकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।


