
बाजुरा १५ बैशाख– बुढीगंगा नगरपालिका ७ खारेखेतका दिपक उखेडाको घर तथा पसलमा गएको सनिबार साँझ भएको आगलागीले हुदा परिवार बिचल्लीमा परेको छ । घरमा कोही नभएको समय लागेको आगोले लत्ताकपडा, अन्नपात, नागरिकता, जग्गाधनी पूर्जा सहितका महत्वपूर्ण कागजात, बालबालिकाका किताब कापी, स्कुल ड्रेस देखि भर्खरै भित्र्याइएको गहुँसम्म सबै जलेर नष्ट भएको पिडित सविना उखेडाले बताईन ।
क्यान्सर रोगबाट ग्रसित आमाको उपचारको लागि दिपक उखेडा भारतमा रहेका छन । उनकी श्रीमती सविना उखेडा घरमा ताला लगाएर माइती घर गएकी थिइन् । घरमा कोहि नभएको समय संगै जोडिएको घर र पसल दुबैमा कसरी आगलागी भयो । कसैले लगाई दिएको हो की कसरी आगलागी भयो अच्चम भएको सविनाले बताईन । आगलागीबाट विस्तापित परिवार आफन्तको घरमा आश्रय लिएर सकेका छन् । घरमा केही पनि बाँकी रहेन, सबै जलेर सकियो । बालबच्चाका पढ्ने सामग्री, लुगा, अन्नपात सबै जलेख सकियो श्रीमान सासु आमाको उपचारमा भारत छन बच्चा के गरी पाल्ने भन्न चिन्ता भएको बताईन ।
आगलागीको खवर पाए लगत्तै प्रहरी चौकी बार्जुगाडबाट घटनास्थल पुगेका घटनाको विवरण मुचुल्का तयार पार्दा ५ लाख वरावरको क्षेति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर शाहीले बताए । मुचुल्का तयार पारेर सम्बन्धित निकाएका पठाएको बाकी राहतको प्रकृया स्थानिय तह बिपद ब्यवस्थापन समितिले नियम दिने सुचना अधिकारी शाहीले बताए ।
बुढीगंगा नगरपालिका मेयर रामबहादुर बानियालाई आगलागीको घटनाबारे सोध्दा आफु सनिबार कामको सिलसिलामा कोल्टि थिए । कोल्टिबाट फर्किए र हिजो कार्यपालिकाको बैठक थियो ७ नम्वर वडाका अध्यक्ष पनि उपस्थित थिए तर आगलागिको विषयमा केही जानकारी नगरेको बताए । मेयर बानियकाले तपाईले भनेर थाहा पाए घटनाबारे बुझेर तत्काल सहयोग गर्ने राहत उपलब्ध गराउने र बाकी प्रहरी मुचुल्का र आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपलब्ध हुने राहत यथाशीघ्र प्रदान गर्ने नगर प्रमुख बानियाले बताए ।
वडा ७ का अध्यक्ष भुवन सिंह केसीले घटनाको विवरण संकलन भएर बताए । प्रहरी मुचुल्का र विवर प्राप्त पछि मात्र सम्बन्धित निकाएका पठाउने बताए । सनिबारको घटना आईतबार कार्यपालिकाको बैठक पनि रहेछ तत्काल राहतको लागि नगरपालिकामा जानकारीसम्म पनि गरि दिनु पर्ने प्रश्नमा वडामा त्यो मात्र काम छैन अरु दश काम हुन्छन । प्रहरी मुचुल्का आए पछि मात्र खवर गरिने बताउनु भयो ।
स्थानीयका अनुसार आगलागी पछि परिवारको अवस्था निकै कष्टकर बनेको छ । दैनिक उपभोग्य सामग्री, खाद्यान्न र आवश्यक कागजातसमेत जले पछि उनीहरू आर्थिक तथा मानसिक संकटमा परेका छन् । पीडित परिवारलाई तत्काल राहत, बसोबास र पुनस्र्थापनाका लागि सरोकारवाला निकायको ध्यान जान आवश्यक देखिएको बताएका छन् ।


