बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रस्ताव- प्रदेश र स्थानीय निर्वाचन तत्काल हुनुपर्छ

सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रस्ताव- प्रदेश र स्थानीय निर्वाचन तत्काल हुनुपर्छ

  • बुधबार, बैशाख ९, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रस्ताव- प्रदेश र स्थानीय निर्वाचन तत्काल हुनुपर्छ

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको बदलिएको भावनालाई हेरेर प्रदेशसभा र स्थानीय तह निर्वाचन चाँडै हुनुपर्ने बताएका छन् ।

बुधबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले बदलिएको जनभावनाका जेसुकै कारण भएपनि देशका लागि प्रदेश र स्थानीय निर्वाचन आवश्यक रहेको बताएका हुन् ।

‘संघीय संसद्का लागि जनताले मदाधिकार प्रयोग गरे र नयाँ जनादेश प्राप्त भयो । त्यसका पछाडि धेरै कारण होलान्,’ उनले भने, ‘मेरो एउटै निवेदन छ, संघीय सरकारलाई स्थानीय तह र प्रदेशको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्छ ।’

त्यसको वातावरण संघीय सरकारले बनाउनुपर्ने उनले बताए । ‘स्थानीय तह र प्रदेश सरकार नयाँ जनादेशमा जनादेशमा जानुपर्छ । यसको वातावरण संघीय सरकार बनाओस्,’ उनले भने ।

परिवर्तित अवस्था र परिवेशमा सरकारले काम गर्न जनताको ताजा जनमत र भावना समेट्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार