बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन संशाेधनसहित पारित

सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन संशाेधनसहित पारित

  • शुक्रबार, चैत्र २७, २०८२
सेयर गर्नुहोस् :
सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन संशाेधनसहित पारित

धनगढी– सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा गठन तथा संशाेधन (पहिलाे संशाेधन)विद्येयक २०८२ सर्वसम्मत पारित भएको छ ।

शुक्रबार बसेकाे प्रदेश सभाकाे बैठकले सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पेश गरेकाे प्रस्ताव सभाबाट छलफलपछि सर्वसम्मत पारित गरिएकाे हाे ।

विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल सम्पन्न भएर आएको प्रतिवेदन हुबहु पारित गरिएको छ ।

यस्तै, सार्कीले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त विद्येयकमाथि सांसदहरूले आ-आफ्ना धारणा राखेका छन् । सभामुख भीमबहादुर भण्डारीले पेश गरेकाे प्रदेश सभा सदस्यले लगाउने प्रतिक चिन्ह (लोगो) निर्धारण सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार