बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन

वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन

  • शुक्रबार, चैत्र २७, २०८२
सेयर गर्नुहोस् :
वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन

पठनपाठन २०८३ वैशाख २१ गतेबाट औपचारिक रूपमा सुरु हुने भएको छ। नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गरिनेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरिएको हो।

साथै चैत २३ गतेदेखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको छ।

यसैअनुसार विद्यालयहरूलाई वैशाख २ गतेदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ ।
  • शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्ने
  • वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयार गर्ने
  • विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने
  • शिक्षकको पेसागत क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने
  • विद्यार्थीको सिकाइ उपलब्धि सुधार योजना तयार गर्ने

664354628_1623794022159996_4009752985779162957_n

चर्चामा

सम्बन्धित समाचार