बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • राप्रपाबाट सरस्वती लामाले गराइन् उपसभामुख पदमा मनोनयन दर्ता

राप्रपाबाट सरस्वती लामाले गराइन् उपसभामुख पदमा मनोनयन दर्ता

  • बिहिबार, चैत्र २६, २०८२
सेयर गर्नुहोस् :
राप्रपाबाट सरस्वती लामाले गराइन् उपसभामुख पदमा मनोनयन दर्ता

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको उपसभामुख पदमा मनोनय दर्ता गराएको छ। पार्टीबाट सरस्वती लामाले मनोनयन दर्ता गराएकी हुन्। बिहीबार संसद सचिवालय पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्।

उनको प्रस्तावकमा ज्ञानबहादुर शाही र समर्थकमा भरत गिरी रहेका छन्। उनलाई रास्वपाले समर्थन गर्ने जनाइएको छ। रास्वपाले समर्थन गरे लामा उपसभामुख हुने निश्चित छ।

उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय तोकिएको छ।

उनी धादिङबाट राप्रपाको समानुपातिक सांसद हुन्।

चर्चामा

सम्बन्धित समाचार