बाजुरा— बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँका ४२ वर्षीय लालप्रसाद जोशी गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। हाल कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा बसोबास गर्दै आएका जोशीको कलेजो प्रत्यारोपण भएपछि थप उपचार आवश्यक परे पनि आर्थिक अभावका कारण समस्या भएको परिवारले जनाएको छ।
परिवारका अनुसार जोशीको अत्तरियास्थित अत्तरिया अस्पतालमा उपचार भइरहेको थियो। तर आर्थिक अवस्था कमजोर भएका कारण उपचारलाई निरन्तरता दिन नसक्दा अस्पतालबाट डिस्चार्ज गर्नुपरेको जनाएकाे छ। पछि थप उपचारका लागि उहाँलाई भारत लगिएको बताइएको छ।
जोशीका आफन्त ऋतुराज जोशीका अनुसार उपचार खर्च जुटाउन नसक्दा परिवार ठूलो संकटमा परेको छ। “घरको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचार खर्च धान्न सकिएको छैन, त्यसैले सबै मनकारी व्यक्तिहरूसँग सहयोगको अपिल गरेका छाैँ,” उनले भने।
हाल जोशीको उपचार जारी राख्न आर्थिक सहयोग आवश्यक रहेको परिवारले जनाएको छ। सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई सम्पर्कमार्फत सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ। भारतमा रहेका बिरामीका लागि सम्पर्क व्यक्ति उमाकान्त जोशी रहेका छन् भने नेपालमा गजेन्द्र नाथ जोशी र ऋतुराज जोशीलाई सम्पर्क गर्न सकिने बताइएको छ।
सम्पर्क विवरण :
भारतका लागि सम्पर्क : उमाकान्त जोशी
सम्पर्क नम्बर : 1425918744898220
नेपालका लागि सम्पर्क : गजेन्द्र नाथ र ऋतुराज जोशी
सम्पर्क नम्बर : ९७६९९९८९०९, ९८६९८७०४७४
परिवारले सानो सहयोगले पनि बिरामीको जीवन बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबै सहयोगी मनहरूलाई मानवीय सहयोगका लागि अपिल गरेको छ।