
बाजुरा— राष्ट्रिय स्तरको चर्चित अनलाइन सञ्चारमाध्यम अनलाइन खवरले सार्वजनिक गरेको ‘५० प्रभावशाली महिला २०८२’ को सूचीमा बडीमालिका नगरपालिकाकी उपप्रमुख थापा समावेश भएकी छन। सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुराबाट एक महिला जनप्रतिनिधि राष्ट्रिय स्तरको प्रभावशाली सूचीमा पर्नु स्थानीय सरकारमा महिला नेतृत्वको बढ्दो प्रभावको संकेतका रूपमा हेरिएको छ।
अनलाइनखबरले हरेक वर्ष राजनीति, सामाजिक क्षेत्र, प्रशासन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सञ्चार लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिएका महिलाहरूलाई छनोट गरी यस्तो सूची सार्वजनिक गर्ने गर्दछ। यस वर्षको सूचीमा उपप्रमुख थापालाई स्थानीय तहमा सक्रिय नेतृत्व, महिला अधिकारका पक्षमा आवाज उठाएको भूमिका तथा सामाजिक विकासमा गरेको योगदानका आधारमा समेटिएको जनाइएको छ।


