बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • मार्तडी बजार क्षेत्रका सडक आसपास निर्माण सामग्री नराख्न निर्देशन

मार्तडी बजार क्षेत्रका सडक आसपास निर्माण सामग्री नराख्न निर्देशन

  • सोमवार, चैत्र २३, २०८२
सेयर गर्नुहोस् :
मार्तडी बजार क्षेत्रका सडक आसपास निर्माण सामग्री नराख्न निर्देशन

बाजुरा– बाजुराको बडिमालिका नगरपालिका–८, को वडा कार्यालयले बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित रूपमा निर्माण सामग्री नराख्न सर्वसाधारणलाई आग्रह गरेको छ । सोमबार एक सार्वजिन सुचना जारी गर्दै वडा कार्यालयले बजार क्षेत्रका मुख्य सडक आसपास ढुंगा, गिटी, बालुवा, इट्टा तथा छडजस्ता निर्माण सामग्री जथाभावी थुपार्ने प्रवृत्ति बढेकाले यस्ता साम्रगी तत्काल हटाउन आग्रह गरेको बडीमालिका ८ का वडा अध्यक्ष चन्द्र थापाले बताएका छन ।

हिलटप होटलदेखि डि.आर. मस्ट हुँदै , वन कार्यालय, लोकतान्त्रिक चोक, खुलामञ्च, भम्कीचौर देखी खोलीघर, बालमन्दिर हुर्दै चैडील, जिल्ला अदालत, बाजुरा क्याम्पस र बडिमालिका मन्दिर हुँदै डाँडाटोलसम्म पर्ने बजार क्षेत्रका सडक दायाँबायाँ निर्माण सामग्री राखिँदा सर्वसाधारण तथा सवारी साधनको आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेकाले यस्ता साम्रगी हटाउन सार्बजनिक अपिल गरेको र अटेर गरेमा वडाबाट नै कानुनी प्रक्रिया अगाडी बढाउने वडाअध्यक्ष थापाले बताएका छन ।

वडा कार्यालयले यस्तो कार्य तुरुन्त रोक्न तथा सडक क्षेत्र खाली राख्न सबैलाई आग्रह गरेको छ । सूचनालाई बेवास्ता गरी निर्माण सामग्री राखेमा प्रचलित नियमअनुसार कारबाही गरिने चेतावनी समेत सार्वजनिक सुचनामार्फत जानकारी दिइएको छ । साथै, बजार क्षेत्रको सरसफाइलाई ध्यानमा राख्दै व्यवसायी, होटल तथा पसल सञ्चालकहरूलाई आफ्नो घर तथा कार्यालय अगाडि डस्टबिन राखी फोहोर व्यवस्थापन गर्न समेत अनुरोध गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार