बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कुनै पनि दललाई भेदभाव गर्दिनँ, तटस्थ र समन्वयकारी भूमिका निर्वाह गर्छु : सभामुख अर्याल

कुनै पनि दललाई भेदभाव गर्दिनँ, तटस्थ र समन्वयकारी भूमिका निर्वाह गर्छु : सभामुख अर्याल

  • सोमवार, चैत्र २३, २०८२
सेयर गर्नुहोस् :
कुनै पनि दललाई भेदभाव गर्दिनँ, तटस्थ र समन्वयकारी भूमिका निर्वाह गर्छु : सभामुख अर्याल

काठमाडौँ— सभामुख डोलप्रसाद(डीपी) अर्यालले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता जनाएका हुन् ।

उनले आफूले सभामुखको आसनबाट दलगत सहभागिताका आधारमा भेदभाव नगर्ने बताए । उनले सदनलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने दायित्व सदनको हुने समेत बताए । सदनबाट परिणाम प्राप्तिका लागि महत्त्वपूर्ण कानुन निर्माण परिमार्जन गर्न आवश्यक रहेको बताउँदै उनले संसद्लाई निष्क्रियता नभई कार्यसम्पादनको थलो बनाउनु आवश्यक रहेको बताए ।

‘सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा दुविधा छैन’ उनले भनेका छन्, ‘मेरो निष्पक्ष भूमिका रहनेछ ।’ पूराना ऐन बदलेर संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर हुने उनले विश्वास व्यक्त गरे । सभामुखको पदलाई उच्च बनाउन भूमिका खेल्ने पनि उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार