
काठमाडौँ--प्रतिनिधि सभाको सभामुख चयनका लागि प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई आजै सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
बुधबार बसको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति गरेको थियो । सभामुखका लागि मनोनयन दर्ता शुक्रबार गर्ने सहमति पनि दलहरूबीच भएको छ । यही सहमति अनुरुप महासचिव पाण्डेले सूचना प्रकाशित गर्नेछन्।
त्यस्तै प्रतिनिधि सभा बैठक चैत २२ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अर्जुननरसिंह केसीले बैठक चैत २२ गते ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए


