बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • दिगो वन व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

दिगो वन व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

  • आइतवार, चैत्र १५, २०८२
सेयर गर्नुहोस् :
दिगो वन व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

बाजुरा–  जिल्लामा दिगो वन व्यवस्थापन तथा जडीबुटीको दिगो संकलन सम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन हुँदै आएका छन्। जिल्लाका हिमाली गाउँपालिका, गौमुल गाउँपालिका र बुढीनन्दा नगरपालिकामा हिमाली जडीबुटी तथा दिगो व्यापार कार्यक्रम सञ्चालन भइरहेका छन्।
यस कार्यक्रमअन्तर्गत हालसम्म जिल्लाभरका हिमाली जडीबुटी स्रोत नजिक रहेका ३५ वटा सामुदायिक वनहरूलाई तालिम प्रदान गरिसकिएको छ। जसबाट १,०५० जना जडीबुटी संकलकहरू प्रत्यक्ष रूपमा लाभान्वित भइसकेका छन्।
कार्यक्रमको सहजिकरण तथा प्रशिक्षण फेकोफनका वन अधिकृत चेतराज जैशी र सामाजिक परिचालक मन बहादुर खड्काले गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन फेकोफन बाजुरा जिल्ला अध्यक्ष सिता बराल थापाको महत्वपूर्ण भूमिका रहेको बताईएको छ ।
यस्ता कार्यक्रमहरूले जडीबुटी स्रोतको संरक्षण, दिगो व्यवस्थापन तथा स्थानीय समुदायको आयआर्जन अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार