बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • नागरिकलाई सास्ती हुनेगरी मन्त्रीको गाडीलाई विशेष व्यवहार नगर्न गृहमन्त्री गुरुङको निर्देशन

नागरिकलाई सास्ती हुनेगरी मन्त्रीको गाडीलाई विशेष व्यवहार नगर्न गृहमन्त्री गुरुङको निर्देशन

  • शनिबार, चैत्र १४, २०८२
सेयर गर्नुहोस् :
नागरिकलाई सास्ती हुनेगरी मन्त्रीको गाडीलाई विशेष व्यवहार नगर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ —गृहमन्त्री सुधन गुरुङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूको सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका छन् । शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण गर्दै एसएसपी नवराज अधिकारीसहितका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘जनतालाई दुःख दिने गरी भीआईपीलाई स्पेसल ट्रिट गर्ने होइन । नागरिकका लागि आवागमन सहज हुनुपर्‍यो । हामी नागरिकको सेवक हो,’ मन्त्री गुरुङले भने । गुरुङले मन्त्रीहरूलाई हतार भए समयमा निस्किनुपर्ने तर भीआईपी सवारीका नाममा आम नागरिकलाई दुःख नदिन निर्देशन दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार