बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एमाले नेता कर्णबहादुर मल्ल जबर्जस्ती करणी मुद्दामा पक्राउ

एमाले नेता कर्णबहादुर मल्ल जबर्जस्ती करणी मुद्दामा पक्राउ

  • शनिबार, चैत्र १४, २०८२
सेयर गर्नुहोस् :
एमाले नेता कर्णबहादुर मल्ल जबर्जस्ती करणी मुद्दामा पक्राउ

ललितपुर— टिकटकर युवतीसँग लिभिङ टुगेदरमा बसेर जिम्मा नलिएपछि एमाले नेता कर्णबहादुर मल्ल जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छ । मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौं, चन्द्रागिरी- ७ बस्ने ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर, ललितपुरले पक्राउ गरेको हो । कालिकोटकी टिकटकर युवती र मल्ल लिभिङ टु गेदरमा थिए ।

सँगै बस्ने, तर विवाह नगर्ने कारण उनीहरूबीच विवाद हुँदै आएको प्रहरीले जनाएको छ । कार्कीले फागुन ४ गते मल्लविरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् ।

प्रहरीले पक्राउ नगरेको भन्दै पीडित कार्की माइतीघर मण्डलामा धर्ना बसेकी थिइन् । केही समय लुक्दै, भाग्दै हिँडेका मल्ल शनिबार फेला परेको जिल्ला प्रहरी ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए ।

चर्चामा

सम्बन्धित समाचार