बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • मिटर रिडिङ्ग गरेको ६० दिनभित्र विद्युत महशुल बझाउन सेवाग्राहीलाई नेविप्रा बाजुराको आग्रह

मिटर रिडिङ्ग गरेको ६० दिनभित्र विद्युत महशुल बझाउन सेवाग्राहीलाई नेविप्रा बाजुराको आग्रह

नबुझाए विद्युत लाइन काट्ने चेतावनी

  • बिहिबार, चैत्र १२, २०८२
सेयर गर्नुहोस् :
मिटर रिडिङ्ग गरेको ६० दिनभित्र विद्युत महशुल बझाउन सेवाग्राहीलाई नेविप्रा बाजुराको आग्रह

बाजुरा—नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले समयमै विद्युत महशुल बुझाउन सेवाग्राहीहरुलाई आग्रह गरेको छ । बिहीवार वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै सबै सेवाग्राहीलाई समयमै महशुल बझाउन निर्देशन दिएको हो ।

सूचनामार्फत नेपाल विद्युत प्राधिकरणको विद्युत महशुल संकलन बिनियमावलीमा मिटर रिडिङ्ग गरेको ६० दिनभित्र विद्युत महशुल बुझाउन आग्रह गरेको छ । ६० औं दिनसम्म नबुझाए बिना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिने चेतनावनी समेत दिएको छ । समयमै विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काट्ने काम धमाधम भइरहेको भन्दै सबैलाई बुझाउन आग्रह गरिएको हो ।

बाजुरामा सदरमुकाम मार्तडी सहित विभिन्न पालिकाहरुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनको विद्युत लाइन सञ्चालनमा रहेको छ ।

May be an image of ticket stub and text

चर्चामा

सम्बन्धित समाचार