बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा

तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा

  • मङ्लबार, चैत्र १०, २०८२
सेयर गर्नुहोस् :
तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा

कपिलवस्तु—कपिलवस्तुमा तीन दिन जारी निषेधाज्ञा मंगलबार हटाइएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनजीवन सामान्य बन्दै गएको र सर्वपक्षीय बैठकपछि निषेधाज्ञा हटाइएको जानकारी दिए ।

‘जनजीवन पनि सामान्य हुँदै गयो । हामीले सर्वपक्षीय छलफलबाट पनि अप्रिय घटनामा कोही संलग्न नहुने र सामाजिक सद्भाव खलबल नबनाउने निर्णय गर्‍यौँ,’ उनले अनलाइनखबरसँग भने, ‘हिजो पक्राउ परेका केही व्यक्तिलाई पनि छोड्यौँ । आज बिहान ९ बजेदेखि निषेधाज्ञा पनि हटायौँ ।’

निषेधाज्ञा हटाएसँगै महाराजगञ्ज नगरपालिका-२ वरदवा क्षेत्र सामान्य बनेको छ । मानिसहरूको चहलपहल पनि हुन थालेको प्रशासनले जनाएको छ ।

यही चैत ७ गते होहल्ला गरेको भन्दै हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा दुई समुदायबीच झडप पनि भएको थियो ।

तनाव बढ्न थालेपछि चैत ७ गतेदेखि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार