बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकाले विद्यालय बाहिरका बालबालिका खोजी अभियान सञ्चालन गर्ने

बडीमालिकाले विद्यालय बाहिरका बालबालिका खोजी अभियान सञ्चालन गर्ने

बडीमालिका नगरस्तरिय बालअधिकार समिति पुनर्गठन

  • सोमवार, चैत्र ९, २०८२
सेयर गर्नुहोस् :
बडीमालिकाले विद्यालय बाहिरका बालबालिका खोजी अभियान सञ्चालन गर्ने

बाजुरा– बडीमालिका नगरपालिकाले बिध्यालय बाहिर रहेका बालबालिकाको खोजी अभियान संचालन गर्ने भएको छ । बडीमालिका नगरपालिकाकाे शभाहलमा नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको बडीमालिका नगरपालिका बालकल्याण अधिकृत राम बहादुर खत्रीले बताएका छन ।

छलफलले विद्यालय छाडेका तथा विद्यालय बाहिर रहेका बालबालिकाको खोजी, पहिचान र परामर्शमार्फत पुनः विद्यालय भर्ना गराउने अभियान संचालन गर्ने नगरपालिकाले जनाएको छ । नयाँ आर्थिक वर्ष २०८३ भित्र यस्ता बालबालिकालाई शैक्षिक सामग्री, ड्रेस लगायत आवश्यक सहयोग उपलब्ध गराई विद्यालयमा टिकाइ राख्ने योजना सहित समितिले कामहरु अगाडी बढाउने निर्णय समेत गरिएको जनाएको छ । यसका लागि बाल संरक्षण कोष तथा सरोकारवाला निकायसँग समन्वय गरिने जनाइएको छ । नगरपालिकाले बालअधिकार संरक्षण, शिक्षा पहुँच विस्तार र बालमैत्री वातावरण निर्माणको पहललाई प्राथमिकता दिने जनाएको छ ।

त्यसै गरि, नगरपालिकामा भएकाे छलफलले बालबालिकाको हकहित संरक्षण र शिक्षामा पहुँच सुनिश्चित गर्न समिति पुनर्गठन गरि नयाँ कार्यसमिति गठन समेत गरेको जनाएकाे छ ।  जसमा नगर उप–प्रमुख नन्दा कुमारी थापा अध्यक्ष रहने गरी १७ सदस्यिय  समिति गठन गरिएको बालकल्याण अधिकृत खत्रीले बताए ।  गठन गरिएको समितिमा जनप्रतिनिधि, शिक्षक, सामाजिक अभियन्ता तथा  पत्रकार र विभिन्न शाखाका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको जनाइएकाे छ । समितिको सदस्य सचिवका रूपमा बालकल्याण अधिकृत राम बहादुर खत्री रहेका छन् ।

  बडीमालिलका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काकाे अध्यक्षतामा बसेकाे बैठकमा प्रमुख प्रशासकिय अधिकृत लाेकराज जाेशी  वडाअध्यक्षहरु,  शाखाका प्रमुख तथा प्रतिनिधीहरु स‌घ संस्था, पत्रकार लगायतकाे सहभागीता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार