बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • इनिसा विक हत्याको निष्पक्ष छानविन गरी दोषिलाई कारबाही गर्न दलित नेटवर्क बाजुराको माग

इनिसा विक हत्याको निष्पक्ष छानविन गरी दोषिलाई कारबाही गर्न दलित नेटवर्क बाजुराको माग

  • बुधबार, चैत्र ४, २०८२
सेयर गर्नुहोस् :
इनिसा विक हत्याको निष्पक्ष छानविन गरी दोषिलाई कारबाही गर्न दलित नेटवर्क बाजुराको माग

बाजुरा—जिल्ला दलित नेटवर्क बाजुराले बालिका इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । बुधबार दलित नेटर्वकका अध्यक्ष जसबहादुर विकसहितको टोलीले प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलामार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका ९ मा बस्ने कक्षा ११ मा अध्ययनरत इनिसा विकको मृत्यु भएको घटना हेर्दा बलात्कारपछि हत्या भएको देखिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । यस्तै उक्त घटनाप्रति दुःख व्यक्त तथा इनिसाप्रति श्रद्धान्जली व्यक्त गर्दै घटनाको सत्य तथ्य छानविन गरी संलग्न दोषि जो कोहीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । साथै पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सम्बन्धित निकाय समक्ष माग गरिएको छ ।

इनिसाको गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न भनी घरबाट बाहिर गएको र अबेरसम्म घर नफर्केकाले खोजी गर्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार