बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एक करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख, अरुको कति ?

एक करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख, अरुको कति ?

  • मङ्लबार, फाल्गुन २६, २०८२
सेयर गर्नुहोस् :
एक करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख, अरुको कति ?

काठमाडौं —प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएकाे छ ।

साढे १० बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख १४ हजार ८९१ मत पाएको छ । समानुपातिकमा ५० लाख कटाएसँगै रास्वपा समग्रमा दुई तिहाइ नजिकै पुगेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६, तेस्रो भएको एमालेले १४ लाख १३ हजथार ६९ र चौथौ भएको नेकपाले ७ लाख ६७ हजार ३२७ मत पाएको छ ।

यस्तै, पाँचौ भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २५ हजार ३७५ मत ल्याएको छ ।

समानुपातिकतर्फ हालसम्म एक करोड ४ लाख ४३ हजार २७२ मतगणना भएको छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार