बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एमालेबाट निर्वाचित वडाअध्यक्षले ‘तारो’मा भोट मागेको अडियो बाहिरिएपछि एमाले बाजुरामा खैलाबैला

एमालेबाट निर्वाचित वडाअध्यक्षले ‘तारो’मा भोट मागेको अडियो बाहिरिएपछि एमाले बाजुरामा खैलाबैला

  • मङ्लबार, फाल्गुन २६, २०८२
सेयर गर्नुहोस् :
एमालेबाट निर्वाचित वडाअध्यक्षले ‘तारो’मा भोट मागेको अडियो बाहिरिएपछि एमाले बाजुरामा खैलाबैला

बाजुरा— नेकपा एमाले जिल्ला कमिटी बाजुराका सदस्य तथा बुढीनन्दा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष गजेन्द्र शाहीले ‘तारो’ चुनाव चिह्नमा भोट मागेको अडियो सार्वजनिक भएपछि एमालेभित्र खैलाबैला मच्चिएको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त अडियोमा शाहीले मतदातासँग ‘तारो’ चिन्हमा मतदान गर्न आग्रह गरेको सुनिएको छ । प्रतिनिधिसभा सदस्य पदका लागि जारी चुनावी प्रतिस्पर्धाको बीचमा यस्तो अडियो बाहिरिएपछि एमालेका जिम्मेवार मान्छेले नै प्रकाश शाहलाइ भाेट मागेकाे अडियाे बाहिरएपछी एमाले कार्यकर्ताबीच व्यापक चर्चा र असन्तुष्टि देखिएको छ।

एमालेकै जिम्मेवार पदमा रहेका व्यक्तिले पार्टीको आधिकारिक उम्मेदवार र चुनाव चिन्हभन्दा फरक चिन्हमा भोट मागेको अडियो सार्वजनिक हुनु पार्टीका लागि गम्भीर विषय भएको स्थानीय कार्यकर्ताहरू बताउँछन्। उनीहरूले यस विषयमा पार्टी नेतृत्वले छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।

निर्वाचनको संवेदनशील समयमा यस्तो अडियो बाहिरिनुले बाजुराको माहोललाई थप तातो बनाएको छ। विपक्षी दलका नेताहरूले भने यस घटनालाई एमालेभित्रको असन्तुष्टि र आन्तरिक विवादको संकेतका रूपमा टिप्पणी गर्न थालेका छन्। यस विषयमा वडा अध्यक्ष शाहीको औपचारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।

चर्चामा

सम्बन्धित समाचार